नेपालगन्ज ः जानकी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार हिमान्सु यादवले स्थानिय तहको निर्वाचनमा निर्वाचित भए जानकी गाउँपालिकालाई आर्थिक हब बनाउने अभियान रहेको बताउनुभयो । सबैथोक आर्थिकमा भर पर्ने भएको हुनाले आर्थिकलाई बढि प्रथामिकता दिई स्थानिय जनतालाई स्वरोजगार बनाउने अभियान रहेको उहाँले बताउनुभयो ।
जानकी मै ठुल्ठुला उद्योग संचालनमा छन थप उद्योग संचालन गरि आर्थिक आयश्रोत जुटाउने खालको अभियानमा छु अध्यक्षका उम्मेद्वार यादवले भन्नुभयो । स्थानिय जनताको चाहना अनुसार पालिकालाई स्वरोजगारमुक्त बनाउने अभियान रहेको छ उहाँले भन्नुभयो, जनताले साथ दिए पालिका भित्रै विभिन्न खाले आयमुलक कार्यमा जोड दिनु र स्थानिय जनतालाई स्वरोजगार बनाउने सोच रहेको यादवले बताउनुभयो ।
यस्तै जानकी गाउँपालिका अध्यक्षका उम्मेद्वार हिमान्सु यादवले स्थानिय तहको निर्वाचनमा जिते कुनै पनि सरकारी सेवा सुविधा नलिने जानकारी गराउनुभएको छ । आफुले पालिका अध्यक्ष जितेमा पूरा कार्यकाल आफुले कुनै पनि सेवा सुबिधा नलिने अध्यक्षका उम्मेद्वार हिमान्सुले बताउनुभएको छ । युवा नेता यादवले आफुले चुनाव जितेमा सम्पुर्ण कार्यकालको आफुले पाउने सबै सरकारी सेवा सुबिधा पालिकाबासी गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारको लागि खर्चने बताउँदै सेवा सुबिधा आफुले नलिने घोषणा गर्नुभएको हो ।
जानकी गाउँपालिकाका एमालेका उम्मेद्वार यादवले जानकी गाउँपालिकालाई फुसको छानो बिस्तापित गर्ने आफ्नो योजना रहेको र सोको लागी आफ्नो सबै सेवा सुबिधा त्यसैमा लगाउने बताउनुभएको छ । पालिकालाई फुसको छानो रहित बनाउने मेरो योजना छ, त्यसको लागी पालिकाको बजेट र जितेको अवस्थामा अध्यक्षले पाउने सबै सेवा सुबिधाको रकम त्यसमा खर्च गर्नेछु, यादवले बताउनुभयो । पालिकाबासी सबैको आशा र भरोसाको केन्द्र रहेका यादवले जनताले आफुलाई बिश्वास गरेर जिताएमा पालिकामा नयाँ किसिमले बिकासको काम थालनी गर्ने बताउनुभएको छ ।
