(Friday 30th of October 2026)
`

गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने केन्द्रिय सदस्य रिजालको दावी

  • सगरमाथा गन्तब्य
  • 11.2K
    SHARES

    नेपालगन्ज :  नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रचार विभाग सह–इन्चार्ज विष्णु रिजालले नेकपा विभाजन भएर एमाले झन शक्तिशाली र आकारमा ठूलो भएको जानकारी गराउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य रिजालले नेकपा विभाजन भएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए पनि पूर्व एमालेका कोही पनि माओवादी केन्द्रतिर नगएको बताउनुभयो । मधेश प्रदेशको मात्रै १० जना मेयर र १३ जना उपमेयर गरी २३ जना एमालेमा प्रवेश गरेको उहाँले जानकारी गराउनुभयो । एमाले पहिलेको जस्तो नभई नेकपाको निरन्तरता भएको बताउनुभयो । अहिले राज्यमा जताततै एमाले र अध्यक्ष केपी ओलीकै चर्चा छ उहाँले पत्रकार भेटघाटमा भन्नुभयो ।
    गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने उहाँको भनाइ रहेको छ । रिजालका अनुसार गत निवार्चनमा स्थानीय तहमा अहिले थपिएका ३५ लाख मतदाता मध्ये आधाभन्दा बढि मतदाता एमालेको पक्षमा खस्ने अनुमान रहेको कुरा स्पष्ट पार्नुभयो । उहाँले बिभिन्न दलमा आबद्ध रहेको उच्च तहका नेता र जनतामा लोकप्रिय कार्यकर्ताले बिभिन्न पार्टी परित्याग गरि एमाले रोजेको बताउनुभयो । रिजालले एमालेमा आएको तुफानले स्थानीय तह निर्वाचनमा ठूला दलसमेत बढारिने बताउनुभयो । गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने उहाँको दावी छ । ‘अहिले देश एमालेमय छ । जताततै अध्यक्ष केपी ओलीको क्रेज छ । अहिले थपिएका ३५ लाख मतदाता मध्ये आधाभन्दा बढि एमालेको पक्षमा खस्ने एमालेको अनुमान छ,’ नेता रिजालले भन्नुभयो , ‘एमाले नेकपाको निरन्तरता हो ।
    उहाँले स्थानीय तहमा एमालेलाई पाँच प्रतिशत मात्र क्षति हुने स्पष्ट पारे । उनले पूर्व माओवादीको ठूलो तप्का एमालेमा रहेको बताउँदै तराईमा जनलहर आएको दावी गरे । ‘तराईमा रहेका महानगरका मेयर, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, थुप्रै वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘एमालेले तराईमा तुफान ल्याउँदैछ । तुफानले धेरै राजनीतिक दललाई बढारेर लैजानेमा दुईमत छैन ।’
    उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट पार्नुभयो । राप्रपा नेपाल र जनता दलसँग स्थानीय तहका केहि सिटमा तालमेल भएको उहाँले बताउनुभयो । ‘उहाँहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा जान्छौँ भन्नु भयो । एमालेले उहाँको भावनाको कदर गरि केहि सिट दिने गरि तालमेल गर्यो,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन होइन तालमेल हो ।’ एमालेका केहि नेता चोइटिएर नेकपा (एकीकृत समाजबादी) खोलेका छन् । यसले एमालेलाई खासै असर पार्दैन ।’
    निवार्चनलाइ स्वतन्त्र रुपले गराउन प्रेस चौतारी नेपाल नेकपा एमालेको महत्व पुर्ण भुमिका समेत रहने उहाँले जानकारी गराउनुभयो । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम सचिव कमल डाँगीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology