(Friday 30th of October 2026)
`

खजुरामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुँदै

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज – खजुरा गाउँपालिकामा पहिलो पटक राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खजुरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राष्ट्रियस्तरको ब्याड्मिन्टन प्रतियोगिता गर्न लागेको आयोजक खजुरा ब्याड्मिन्टन क्लवका अध्यक्ष भक्तबहादुर गोदरले बताउनुभयो । उहाँले खजुरामा क्लवले गर्ने राष्ट्रियस्तरको उक्त प्रतियोगिता पहिलो भएको बताउनुभयो । ‘सरकारको तर्फबाट राष्ट्रियस्तरका प्रतियोगिता आयोजना भए पनि क्लवको आयोजनामा राष्ट्रियस्तरको खुल्ला ब्याड्मिन्टन प्रतियोगिता पहिलो हो,’ अध्यक्ष गोदारको दावी छ ।
    नयाँ बर्ष २०७९ को अवसरमा आयोजना हुने प्रतियोगिता १–३ बैशाखसम्म संचालन हुने भएको छ । खजुरा गाउँपालिका ३, क गाउँस्थित निर्माणाधिन खजुरा ब्याड्मिन्टन कभर्ड हलमा हुने प्रतियोगितामा मेन्स डबल र भेट्रान्स डलव गरि दुई विधाको खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ६० टिमले भाग लिने अनुमान गरिएको छ । २४ चैतसम्म २५ वटा टिमले नाम दर्ता गराइसकेका छन् । ‘भेट्रान्स डवलमा ४५ बर्षभन्दा माथिकाले मात्र सहभागिता जनाउन पाउने छन्,’ उहाँले भन्नुभयो, ‘प्रतियोगितामा नेपाली नागरिकले मात्र भाग लिन सक्नेछन् ।’
    अध्यक्ष गोदारका अनुसार, खुल्ला मेन्स डवलतर्फको विजेता टिमले ३० हजार, दोस्रोले २० र तृतिय हुनेले १० हजार रुपैँया पुरस्कार पाउने छन् । त्यसैगरि, भेट्रान्स डवलतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार पाउने छन् । एक टिमबाट दुई जनाले खेल्न पाइने नियम बनाइएको छ । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क दुई हजार रुपैँया तोकिएको छ । शुल्क तिरेबापत उनीहरुलाई आयोजकले आकर्षक टि–शर्ट प्रदान गर्ने भएको छ । ‘खेलाडीले केबिसी लेखेको टि–शर्टमात्र लगाउन पाउने छन् । अन्य प्रायोजकको टि–शर्ट लगाउन बन्देज गरिएको छ,’ अध्यक्ष गोदारले भन्नुभयो ।
    वी लेवलको प्रतियोगिता भएकोले राष्ट्रिय, प्रदेश र क्षेत्रीय प्रतियोगितामा सहभागी खेलाडी र टिमले खेल्न नपाउने अध्यक्ष गोदारले जानकारी दिनुभयो । प्रतियोगिता संचालन गर्न ६ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । त्यसका लागि खजुरा गाउँपालिकाले एक लाख रुपैँया सहयोग गरेको गोदारले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology