नेपालगन्ज, १९ चैत । नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दीपक बर्मा अग्रसरतामा वडा भित्र एकसाथ सातवटा सडक निर्माण भईरहेको छ । टोलबासीको उपस्थितीमा सडकको शिलान्यास गरिएको हो । वर्माले एक कार्यक्रम गरि रु ३० लाख लागतमा आरसीसी नाला सहित पीसीसी सडक निर्माणका लागि शनिबार शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकारबाट रु ९० लाख बराबरको ७ वटा पी सी सी सडको बजेट यसै आर्थिक बर्ष साउन महिनामा नै ल्याउन सफल भएको वडा अध्यक्ष दीपक बर्माले जानकारी दिनु भयो ।
रु ९० लाखको बजेट उपमहानगरपालिका बाट ठेक्का भइ ७ वडा सडक निर्माणको एक मुष्ट रुपमा शनिबार अध्यक्ष बर्माले शिलान्यास गर्नु भयो । जस अन्तरगत एउटा पीसीसी सडकको निर्माण सम्पन्न भइ सकेको र अर्को शनिबार शुरु भएको अध्यक्ष बर्माले बताउनु भयो । उक्त बजेट बाट ७ वटा सडक जस अन्तरगत भगवती टोलमा दुइवटा,उज्ज्वलनगर,शिवशक्ती टोल, शिवनगर, नागरिक टोल,विशाल चौक,मोडेल एकेडेमी टोलमा निर्माण भईरहेको छ । अरु पार्टीहरु र अध्यक्षका आकांक्षीहरु निर्वाचनमा सक्रिय भएको बेला स्थानीय निर्वाचन नजिकै आउनलाग्दा पनि विकास निर्माणमै सक्रिय वडा अध्यक्ष बर्माले वडाको बिकासको लागि आफु प्रतिबद्ध छु र संधै रहने छु भन्ने प्रतिवद्धता जनाउनुभएको छ ।
