नेपालगन्ज ः जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधवार लागुऔषध ब्राउनसुगर सहित ३ जनालाइ पक्राउ गरेको हो । प्रहरीले बढैयाताल गाउपालिका वडा नं ८ कण्ठनपुर बर्दिया स्थितमा नेपाल भारत सिमानाका बाटोमा लागुऔषध ब्राउनसुगरको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएका कालीकाको संयुक्त प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी टोलीले भारतको बहराइच थाना मोतीपुर ग्राम बरथनवा गाउ शिवरात्रीपुर बस्ने २५ बर्षिया सबिना साइ र भारतको बहराइच थाना मोतीपुर ग्राम बरथनवा गाउ शिवरात्रीपुर बस्ने २६ बर्षिया सद्दाम फेला पारी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले जानकारी गराउनुभयो । प्रहरीले उनीहरुको तलासी गर्दा साइको साथमा ३७ पुरीया प्लास्टिक सहित नापतौल गर्दा ३९ ग्राम २ सय १० मिली ग्राम ब्राउन सुगर बरामद गरेको जोशीले जानकारी गराउनुभएको छ ।

उक्त प्रहरी टोलीले प्लास्टिक हटाई हेर्दा शुद्ध खैरो धुलो पर्दाथ नापतौल गर्दा ३३ ग्राम ९० मिलीग्राम तौल रहेको ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ, सद्दाम साइको साथबाट ३९ पुरीया प्लास्टिक सहित नापतौल गर्दा ४९ ग्राम ३ सय २० मिलीग्राम प्लास्टिक हटाइ हेर्दा खैरो ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा ३५ग्राम ४० मिलीग्राम तौल रहेको लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद गरि नियन्त्रणमा लिइएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुलाइ सोधपुछ गर्दा लागुऔषध ब्राउनसुगर काण्माडौँबाट आएको सुमन नाम गरेको व्यक्तिलाइ कालिका कटेज स्थितमा दिन गहिरएको वयान रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभएको छ । उनिहरुको बयान पश्चात कालिका कटेज स्थितमा प्रहरी टोलीहरु सादा पोसाक लगाइ निग्रानी गर्दा उक्त लागु औषध ब्राउनसुगर लिन आएका काठण्माडौँ वासी,काठमाण्डौँ नगरपालिका वडा नं ४ बालुवाटारका वासी ४७ बर्षिया के।सी बाटोमा उभि रहेको अवस्थामा पक्राउ गरको निरीक्षक जोशीले जानकारी गराउनुभयो । केसीले प्रयोगमा ल्याएको ओप्पो कम्पनिको स्मार्ट टच १ थान मोवाइल बरामद गरि ३ जनालाइ नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
