नेपालगन्ज ः बाँकेको राप्तीसोनारीमा आक्रमण गरि मान्छे खाने पाटेबाघलाइ नियन्त्रणमा लिइएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान उक्त बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो । फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएका डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेल जानकारी गराउनुभयो । बाघलाई नियन्त्रणमा लिन उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखी पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मङ्गगलबार शिकार गरेकोमा बुधबार बिहान नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालय प्रमुख कँडेलले जानकारी गराउनुभयो । उक्त पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो । बाघको बारम्बार आक्रमण पश्चात बाघलाइ नियन्त्रण गर्नका लागि उक्त स्थानमा आहारा राखिएको थियो । बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ स्थितका निवासी ६० वषिया धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो । घटना लगत्तै भोलीपल्ट फागुन ८ गते पनि पुनः राप्तिसोनारी गाउँपालिका वडा नम्बर– ७ फत्तेपुर स्थित झगडिया गाउँका २८ वर्षिया वकिल गद्दीलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।
बाघले यसअघि फत्तेपुर–६ निवासी ३० वर्षीया चाँदनी थारु र राप्तीसोनारी वडा नं ४ पर्सोनाकी ५३ वर्षिया लिला बिष्टलाई पनि आक्रमण गरेर मारेको थियो । यस्तै यसअघि बाघ आक्रमणमा परि राप्तीसोनारी गाउँपालिका वडा नं १ गाभर र नरैनापुरमा पनि एक÷एक जनाको गइसकेको छ । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी ६ महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि बाँघ लाइ भने नियन्त्रणमा लिन सफल भएको थिइएन । बाघको त्रासले स्थानियवासिले धेरै सास्ती खेप्नु परिरहेको थियो । बाघ बारम्बार आक्रमण पछि पनि बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दाले आक्रोतिश हुदै गाउपालिका भवन पुगेका थिए । यसअघि पनि निकुञ्जले मान्छे खाने बाघलाई डार्ट गरि नियन्त्रणमा लिने प्रयास गरेको थियो । बाघलाइ नियन्त्रणमा लिने क्रममा बाघको आहाराका रुपमा पाडो समेत राखिएको थियो । धेरै कोसिश पश्चात बाघलाइ नियन्त्रणमा लिन सफल भएकाले स्थानिय वासिहरु हर्षित भएका छन ।
ं
