(Saturday 25th of July 2026)
`

शिवरात्री मनाउन बागेश्वरी मन्दिरमा भिड

  • सगरमाथा गन्तब्य
  • 18.7K
    SHARES

    आशा परियार

    नेपालगन्ज : देशै भर मंगलवार हिन्दू धर्मावलम्बीले महाशिवरात्री पर्व मनाएका छन् । शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइने गरिन्छ । बाँके स्थित नेपालगन्जको शक्तिपिठ मानिने बागेश्वरी मन्दिरमा मंगलवार बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ । शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पुजाआजा र आराधानाका लागि बाँकेका विभिन्न क्षेत्र लगायत भारतबाट समेत बागेश्वरी मन्दिर परिसरमा आउने गरिन्छ । गत बर्ष कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष बागेश्वरी मन्दिरमा दर्शनार्थीहरुको शिव मन्दिरमा घुइचो लागेको छ । महाशिवरात्रिका अवसरमा मंगलवार बिहान देखि बागेश्वरी मन्दिरमा पुजाआजा गर्ने दर्शनाथीहरुको संख्या थपिएको छ । आफनो घर परिवारको दिर्घायु र सुखशान्तिका लागि ब्रत बसि बिशेष गरि बागेश्वरी मन्दिर शिव मन्दिरमा पुजा गरिने नेपालगन्जको स्थानियवासी सिमा खड्काले बताउनु भयो । मन्दिरमा धेरै भिड रहेको हुनाले सुरक्षाकर्मीका साथ पुजाआजा गर्ने व्यवस्था मिलाएको छ । कोरोना कहरका कारण गत साल शिवरात्री मनाउन नपाएका भक्तजनहरु यसबर्ष धुमधामका साथ मनाउन पाएका छन् । उनिहरु विहान ४ बजेदेखि नै लामबद्ध भएर पुजाआज गरि शिव रात्री पर्व मनाएका छन् । एकतिर पुजाआज गरिरहेका छन भने परिसर भित्र भाङ, धतुरो, गाजाको पत्ता मिसाएको खानेकुरा विक्रिी वितरण भैरहेको छ । दर्शनार्थीहरुले पुजाआज गरि धतुरो मिसावट पकौडी, जुस, समोसा खाने गरेका छन् । शिवरात्रीको दिन मंगलवार बाँकेको विभिन्न स्थानमा भक्तजनहरुको पुजाआज गर्न भिड लागेको छ । यसैविच पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ”हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।” खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology