(Thursday 29th of October 2026)
`

बाँकेमा ५ दिनमा बन्यो साइकल ट्रेल निर्माण

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES

    नेपालगन्ज – बाँकेमा साइकल ट्रेल निर्माण गरिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा साइकल ट्रेल निर्माण गरिएको हो । नेपालगन्ज साइक्लिङ क्लवको सहकार्य तथा बाँके जिल्ला साइकलिङग संघको अगुवाईमा उक्त साइकल ट्रेल निर्माण भएको छ ।
    ट्रेल निर्माणको लागि भैरव प्रसाद गण इमाम नगरले जनशक्ति दिएर सहयोग गरी सघाइको छ । ५ दिनमा २० जना जनशक्ति लगाएर निर्माण गरिएको ट्रेल साइक्लिङ प्रयोगकर्ताका लागि उपयुक्त माध्यम बन्न सफल भएको छ ।
    आधारभूत स्तरको बनेको उक्त ट्रेल ५ किलोमीटरको छ । भौगोलिक रुपमा तराईमा रहेको उक्त ट्रेलमा अप हिल – डाउन हील सेक्सन कम मात्रामा भए पनि तर्निङ्ग सेक्सनहरु धेरै रहेको छ ।


    यसको निर्माण पश्चात नेपालगन्ज देखि सबै भन्दा दुरीको हिसाबले नजिक हुने छ, साइक्लिङ विशेष गरी माउन्टेन बाईकिङ्गको आधारभूत सिकाइ हुने र खेलाडी उत्पादन गर्न सजिलो हुने छ । त्यसका साथै प्रकृतिको आनन्द लिँदै साइक्लिङ गर्न रुचाउनेहरुका निम्ति यो ट्रेल प्रमुख गन्तव्य हुने छ । शनिवार एक कार्यक्रमका बीच गणपति जनमत कार्कीले उक्त ट्रेलको उद्घाटन गर्नु भएको छ । उक्त ट्रेलको नाम सिद्धि विनायक एमटीवी, ट्रेल राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology