(Thursday 29th of October 2026)
`

नेपाल युवा क्लब बाँकेद्धारा बिजेता हाप्किडो खेलाडीलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 18.1K
    SHARES

    नेपालगन्ज – नेपाल युवा क्लब बाँके राष्ट्रीय हाप्किडो प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गरेको छ । चैत ४ गते देखि ८ गते सम्म प्युठानको माण्डवी गाउँपालिका चकचकेमा आयोजित ५औ राष्ट्रीय हाप्किडो प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल युवा क्लब बाँकेका केन्द्रीय अध्यक्ष मोहसिन हलवाईको टिमले बुधवार नेपालगन्जमा सम्मान गरेका हुन् ।
    नेपालगन्ज उपमहानगरपालिका बाँकेका खेलाडीको प्रशिक्षक रवि सुनारको नेतृत्वमा चैत ४ गते प्युठान गएको नेपाल युवा क्लब बाँकेका केन्द्रीय अधयक्ष हलवाइले जानकारी गराउनुभयो । हाप्किडो प्रतियोगिताका ४ दिनसम्म संचालन भएको उहाँले बताउनुभयो । उक्त प्रतियोगितामा ६२ वटा जिल्लाका बिभिन्न तौल समूहका खेलाडीहरु प्रतिस्पर्धामा उपस्थित रहेकोे अध्यक्ष हलवाइले जानकारी दिनुभयो । प्रतियोगितामा बाँकेका छात्रा पूर्णिमा पुन मगरले २०–२५ तौल समूहमा प्रथम स्थान हासिल गर्न सफल भएको उहाँले जानकारी गराउनुभएको छ ।
    यस्तै पूजा चौधरी ३५–४० तौल समूहमा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ । प्रतियोगितामा आशिका विकले पदक प्राप्त गर्नुभएको छ, । भने कास्य स्थान विनिसा एलजीले प्राप्त गर्नुभएको छ । ३०–३५ तौलमा सञ्जिता केसी र ५०–५५ मा शान्ति पौडेलले प्रथम स्थान हासिल गर्नुभएको अध्यक्ष हलवाइ जानकारी दिनुभयो । वेस्ट प्लेयर कप शान्ति पौडेलले हात पार्न सफल रहनुभएको उहाँले बताउनुभयो । विजेता खेलाडीहरु लगायत प्रशिक्षक रवि सुनार र खेलाडीहरुलाइ सम्मान गरिएको अध्यक्ष हलवाइले जानकारी दिनुभयो । खेलाडीहरुलाइ थप हौसला बढाउने उद्देश्यले सम्मान कार्यक्रम गरिएको उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology