(Thursday 29th of October 2026)
`

ओशोनिक क्लबको विजयी सुरुवात

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज, – शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३(० ले हरायो । नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १(१ गोल गरे ।
    क्षितिजले २५औं मिनेट, गोविन्दले ४५ र गणेशले ५० औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा धम्बोझी र कारकादो बिचको खेल १(१ को बराबरीमा सकिएको छ । धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । पछि कारकादोका सृजन वलीले ५१औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए ।


    आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमा बिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए । उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासनिक अधिकृत राम कुमार सोनकर लगायतको उपस्थिती रहेको थियो ।
    फागुनको ३० गते सम्म चल्ने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
    समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
    लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology