(Saturday 25th of July 2026)
`

नेपालगन्जको कारकाँदोमा रबि ट्रेडर्स

  • सगरमाथा गन्तब्य
  • 16.2K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा रबि ट्रेड्र्स डिलर्स संचालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदो स्थित बिहीवारदेखी रबि टेड्र्स डिलर्स संचालनमा आएको हो । बिगत ३७ बर्षबाट संचालनमा रहेको ब्रान्चले सबैको मन जित्न सफल भएको सिजी होल्डिङस् एण्ड नेपाल लुबि आयल लिमिटेडका चियरमेन अरुण कुमार चौधरीले उद्घाटन गर्नुभयो ।
    उद्घाटन समारोहमा बोल्दै सिजी होल्डिङस् एण्ड नेपाल लुबि आयल लिमिटेडका चियरमेन अरुण कुमार चौधरीले यस ब्रान्चका हरेक प्रोडक्टहरु सवारी साधनको लागी उच्चतम रहेको उहाँले बताउनुभयो । उक्त डिर्लसमा गल्फ ब्रान्चका ग्रिस, इन्जिन आयल, ब्रेक आयल, मोबिल, हाइड्रोलिक आयल, लगायतका सम्पर्ण सामानहरु पाईने संचालक समितीले जानकारी गराएको छ ।


    रबि ट्रेर्डस डिर्लरका प्रोप्राइटर रबि जयसवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघ नेपालगन्जको अध्यक्ष अव्दुल वाहिद अन्सारी, सिजी होल्डिङस् एण्ड नेपाल लुबि आइल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर करन चौधरी, नेपाल लुबि आइल लिमिटेडकाका डाइरेक्टर अनिल चौधरी, नेपाल लुबि आइल लिमिटेडका जेनेरल म्यानेजर गंगा राज भट्राइ, नेपाल लुबि आइल लिमिटेडका डिजिएम दिवाकर मिश्रा, सिजी मोटो क्रोपका जेनेरल म्यानेजर सिराज पन्त लगायतको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology