नेपालगन्ज ः नेपालगन्जमा मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ । नेपालगन्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटलेले सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्घाटन गरी संचालनमा ल्याएको हो । बाँकेको नेपालगन्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको संचालक समितीले जनाएको छ ।
आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा एक कार्यक्रम बीच उद्धघाटन गरि संचालनमा ल्याइको छ । जन्मदिन मनाउन आउनुभएको नारायण बिसी र उहाँकी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमको प्राविधिक मानोरञ्जन समुहमा हारमुनियम तर्फ बलु तामाङ, मादल तर्फ सुरेश गन्दर्भ, अक्ट्रयाक तर्फ ठग्गा चौधरी रहनुभएको थियो ।
त्यस्तै, गायक छवि डागी, गायक कल बहादुर, बपाल मगर, गायिका राधिका हमालले सोमबार भ्यालेन्टाईन साँझ तथा उद्घाटन समारोहलाई भब्य प्रस्तुतिका साथ मनोरञ्जनमय बनाउनुभएको थियो । साँझका प्रमुख अतिथि बरिष्ठ सञ्चारकर्मी तथा बरिष्ठ गायक कमल बिक निर्मोहीले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले संचालनमा ल्याएको ‘मानसरोबर बिषेश साँझ’ कलाकारहरुका लागि एउटा प्लेटफर्म समेत रहेको बताउनुभयो ।
मानसरोबर बिषेश साँझद्धारा लुकेको कला उजागर गर्न र आफनो प्रस्तुतिलाई बाहिर ल्यान सहयोग समेत पु¥याउने विश्वास लिएका उहाँले बताउनुभयो । दैनिक रुपमा मनोरञ्जन गरेर अतिथिको साँझ बिषेश बनाईने संचालक समितिको भनाई रहेको छ । साता दिनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै बिषेश कार्यक्रम आयोजना गरिने संचालक समितीले जानकारी गराएको छ ।
संचालक समितीका अनुसार कालीजको मासु, लोकल कुखुरा, नदीको माछा, बटाईको मासु लगायतका आर्गेनिक परिकारहरु मानसरोबरको विशेषता रहेको छ । तीन वर्ष अगाडी ३५ वटा रुम, एउटा हल, रेष्टुरेन्टका साथ संचालनमा ल्याईएको उक्त होटल कोभिड संक्रमणका कारण पछाडी परेको आषिश मल्ला ठकुरीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार केही दिन अगाडी मानसरोबर बिशेष साँझको सम्पूर्ण तयारी पुरा भईसक्दा पनि कोभिडका कारण पुन प्रभावित हुन पुगेको बताउनुभयो तर अब सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै क्षेत्र खोल्न अनुमति दिए लगत्तै संचालनमा ल्याईएको ठकुरीले जानकारी गराउनुभयो । मानसरोबर साँझमा दैनिक स्पेशल प्रोग्रामका साथ संचालनमा रहने टोपेन्द्र वलीले बताउनुभयो ।
