(Saturday 25th of July 2026)
`

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 11.7K
    SHARES

    आशा परियार
    नोपालगन्ज ः बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । खजुरा गाँउपालिका २ स्थित बस्ने २३ वर्षिया पुरुष र घोडाघोडी नगरपालिका ४ कैलाली स्थित बस्ने २२ बर्षिया महिलाको कारोना संक्रमणका कारण मृत्यु भएको हो । बाँकेको भेरी अस्पतालमा माघ २७ गते भर्ना भएका पुरुष र माघ २८ भर्ना भएको महिलाको आइतवार मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुष र महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषले भेरोसेलको दुबै मात्रा खोप समेत लगाएको बाकेको कोराना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ । आइतवार मृत्यु भएसँगै बाँकेमा कोराना संक्रमण बाट मृत्यु हुनेको संख्या ३ सय ५१ जना पुगेको छ । भने बाहिरी जिल्लाबाट उपचारका लागि आएको मध्य मृत्यु हुनेको संख्या ४ सय ४६ जना पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology