(Saturday 25th of July 2026)
`

डुडुवाले ग¥यो १२२ छात्रालाई साइकल बितरण

  • सगरमाथा गन्तब्य
  • 15.1K
    SHARES

    नेपालगन्ज ः बाँकेको डुडुवा गाउँपालिकाले एसइइ पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ ।
    डुडुवा गाउँपालिकाले छात्राहरुलाइ प्रोत्साहन गर्न एसइइ पास गरेका पालिका अन्तरगत रहेका बिभिन्न बिध्यालयको छात्राहरुलाई शनिवार साईकल बितरण गरेको हो । गाँउमा उच्च शिक्षाको व्यवस्थापन नभएकाले बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाको उद्देश्यले गाउँपालिकाले पालिका अन्र्तगतको विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरेकोे डुडुवा गाउँपालिकाले जनाएको छ । विक्रम संम्बद २०७७ सालमा को एसइइ पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकल वितरण गरेको डुडुवा गाउँपालिकाले जानकारी गराएको छ । शनिवार समारोहविच साइकिल वितरण गर्दै उच्च शिक्षा हासिल गर्न किशोरीहरुलाई प्रोत्साहन गरेका भन्दै अगामी दिनहरुमा उच्च शिक्षा हासिल गर्न बजार आउतजाउत गर्न छात्राहरुलाई सजजहुने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी गराउनुभयो बताउनुभयो । विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न समस्या भएकाले यस कार्यक्रमले अन्त्य गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । उच्च शिक्षा हासिल गर्न बजारनै जान पर्ने भएकाले धेरै किशोेरीहरु शिक्षाबाट बञ्चित हुने भएको हुँदाु उहाँले डुडुवा मै क्याम्पस स्थापनाको लागि पहल समेत शुरु भएको भन्दै त्यसले पनि किशोरीलाई उच्च शिक्षा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका अन्र्तगतका ५ वटा माध्यमिक विद्यालयको १ सय २२ जना छात्राले २०७७ सालमा एसइइ पास गरेको शिक्षा शाखाले जानकारी गराएको छ । गाउपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस आर्थिक चालु २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology