आशा परियार
नेपालगन्ज ः जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल देखाइ डाँका चोरी गर्ने २ जना मानिसहरु पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरी टोलिले जानकी गाउपालिका वडा नं. ५ बुढियागाउँ स्थितबाट १ थान कटुवा पेस्तो सहित २ जना ब्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बर्दिया बढैयाताल गाउपालिका वडा नं ८ सितबजार स्थितमा बस्ने पर्शुराम सार्कीको घरबाट राति पेस्तोल देखाई ३ लाख ३५हजार बराबरको नगद र सुन लुटेको र क्रमश माघ १७ गते जिल्ला बाँके खजुरा गा.पा. डि गाउँ बस्ने हरी प्रकास बि.क.को घरबाट सोही तरिका अपनाई नगद ५० हजार ३.५ तोला सुन र २२० सि.सी.को पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा भारत रुपैडिहाको निबिया स्थित बस्ने २६ बर्षिया डब्लु मनिहार भारत बाबागन्ज बाबाकुटी स्थित बस्ने २८ बर्षिया निजामुद्दिन कवाडियालाई कटुवा पेस्तोल सहित शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनुभएको छ । उक्त मोटरसाईकल माघ १८ गते बढैयातला गाउपालिका ५ बर्दिया बढैयाताल नजिकै रेहको पोखरीमा फेला परेको डिएसपी न्यौपानेले बताउनुभयो । स्थानीयवासीलाई पेस्तोल देखाइ चोरी गर्ने दुइ जनालाई प्रहरीले शनिवार नियन्त्रणमा लिइ थप अनुसन्धान अगागी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।
