(Friday 30th of October 2026)
`

११ करोड बढी लागतमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल

  • सगरमाथा गन्तब्य
  • 14.7K
    SHARES

    नेपालगन्ज ः बाँकेको जानकी गाउँपालिकामा १५ शैय्याको सुविधा सम्पन्न अस्पतालको शुक्रबार शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । दुई वर्षमा सम्पन्न गर्ने गरी बोलकबोलमा हिम सगरमाथा र अनक निर्माण सेवाले संयुक्त रुपमा ११ करोड ४४ लाख १ हजार १३२ रुपैयामा सो भवन निर्माणको सम्झौता गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागेको जानकी गाउपालिकाले बाँकेले जनाएको छ । हरेक नागरिकलाई सुलभ र निशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले यस अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा पाउने सभासद गौतमको जानकारी गराउनुभयो । जानकी गाउँपालिकामा अधिकांश मधेसी र मुस्लिम समुदायको बसोबास रहेको र उहाँहरुको पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चिताका लागि यो अस्पताल निर्माण गर्न लागेको कार्यबहाक अध्यक्ष धितालकोले बताउनुभयो । हामीले निर्वाचनमा बाचा गरेका सबै विकास निर्माणका काम र पूर्वाधारका कार्यहरु यस आर्थिक वर्षमा पुरा गर्ने अध्यक्ष धितालले जानकारी गराउनुभयो । अस्पताल निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीको अथक पहलबाट सो कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभएको छ । निर्माण कम्पनीले समयमा काम गर्न सहज वातावरण बनाउन आफु र गाउँपालिका परिवार लगायत लाग्ने समेत अधिकृत रानाले बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology