नेपालगन्ज ः बाँकेमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ । नेपालगन्जको भेरी अस्पतालमा उपचारको क्रममा थप एक कोभिड १९ संक्रमितको शुक्रवार मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ स्थितका निवासी ८४ बर्षिया पुरुषलाई माघ १८ गते भेरी अस्पतालमा पिसीआर परिक्षण गरी कोभिड पुष्टी भएपछी माघ १९ गते उनी भेरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा कुनैपनि सुधार नआएपछि शुक्रवार राति मृत्यु भएको कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी गराउनुभएको छ । मृतक पुरुषले काभिड बिरुद्धको कोभिडसिल्डको दुबै मात्रा खोप समेल लगाएको फोकल पर्सन ओलीले बताउनुभयो । बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५० जना पुगेको छ । भने बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय ४४ जना संक्रमृतको मृत्यु भइसकेको अस्पलाले जानकारी गराएको छ
