(Saturday 25th of July 2026)
`

नेपालगन्जमा व्हिललक सुरु

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    सगरमाथा समाचारदाता
    नेपालगन्ज ः २७ माघ जिल्ला प्रहरी कार्यलय बाँकेले पनि सवारीसाधनमा व्हिललक लगाउन सुरु गरेको छ । बाँकेका ब्यस्त शहरहरुमा अव्यवस्थित तरिकाले पार्किङ गरी राखिएका सवारीसाधनमा आजदेखि व्हिल लक लगाउन सुरु गरेको छ ।
    त्यस्तै बिहीवार अव्यवस्थित तरिकाले अटेरी गर्दै नेपालगन्जको सिंचाइ कार्यालय अगाडि पार्किङ गरी राखिएको बा १४ च ९५७८ को स्कार्पियो गाडी र भेरी अस्पताल अगाडिबाट युपी ४० ए आर ३५७७ नम्बरको भारतीय कारलाई व्हिल लक लगाएको छ ।
    अव्यवस्थित तरिकाले जथाभावी पार्किङ गरेका सवारीसाधनलाई व्हिल लगाएर १५ सय रुपैयाँ जरिवाना गराइएको ट्राफिक प्रहरीले जनाएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology