(Saturday 25th of July 2026)
`

ओझेलमा सन्तानेश्वर, बाबा बर्फानी, गोबर्धनधाम, नाग्रा फल्स

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    सगरमाथा समाचारदाता
    नेपालगन्ज ः माघ २७ गते ।
    कुनै समय निकै चर्चामा रहेका बाँकेको राप्तिपारी नरैनापुरका सन्तानेश्वर महादेव मन्दिर, बर्फानी बाबा मन्दिर, गोबर्धनधाम, र नाग्रा फल्सको चर्चा सँगै दिनँहु हजारौं दर्शनार्थीको घुँइचो हुने गर्दथ्यो तर हिजोआज राप्तीपारी क्षेत्रमा बाघको आक्रमणबाट मानबिय क्षति हुँदा उक्त क्षेत्रमा त्यहाँका जनताले केही बर्ष पछि पर्यटकीय प्रबर्द्धन बन्न सक्ने संभावना देखिएकोले पुनः सो क्षेत्रलाई ओझेलमा नपार्न स्थानीय जनताले सरकार र जनप्रतिनिधिसँग गुहार मागेका छन ।
    सन्तानेश्वर महादेवको मन्दिर, बाबा बर्फानी मन्दिरलाई नरैनापुर गाउँपालिकाले पनि भिजिट नरैनापुर नाराका साथ मन्दिरको प्रचार प्रसार गरिरहेको थियोे तर वर्षौ अघि निर्माण गरिए पनि यि मन्दिरहरु ओझेलमा रहेका थिए भने केही महिना पहिला सामाजिक संजालमा सन्तानेश्वर र बर्फानी बाबाको मन्दिर निकै चर्चा बटुल्न सफल भएका थिए ।
    चुरे पहाड सँगै जोडिएका यी दुई मन्दिर पर्यटनका लागि एकान्त ,सुन्दर हरियाली घना जंगलमा अवस्थित यी दुई मन्दिर पर्यटकीय प्रबर्द्धन बन्न सक्ने संभावना देखिएकोले पुन उक्त मन्दिरहरुमा दर्शनार्थीको पुन घुइँचो देख्न मिले राप्ती पारीका दुई पालिका राप्ती सोनारी गाउँ पालिका र नरैनापुर गाउँ पालिकामा पर्यटकीय प्रबर्द्धनसँगै व्यवसायमा पनि विकास हुने राप्ती सोनारी वडा नम्बर ६ का खेमलाल घर्तिले बताएका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology