सगरमाथा समाचारदाता
नेपालगन्ज ः २७ माघ खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उपाध्यक्ष एकमाया विकले उम्मेदवारी घोषणा गर्नुभएको छ । खजुरामा उम्मेदवारी घोषणा गर्ने उहाँ पहिलो एमाले नेता हो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उम्मेदवारी को उपाध्यक्ष बिकले घोषणा गर्नुभएको थियो । अब बाँकेलाई लाल किल्ला बनाउन समानुपातिक समावेशीका आधारमा उम्मेदवारी दिन आजैबाट अभ्यास सुरु होस् । कोठे बैठक गरेर निर्णय नगरियोस् । यो सबैलाई हेक्का होस् । मेरो उम्मेदवारी खजुरा प्रमुख (अध्यक्ष÷मेयर) रहनेछ ।
उपाध्यक्ष बिकले सामाजिक सञ्जाल फेसबुकमा लेखेर सार्बजनिक गर्नुभएको छ । उहाँले पार्टीको विधान अधिवेशनबाट संशोधित विधानले स्थानीय तहमा ४० प्रतिशत महिला हुनुपर्ने र अब नेतृत्व पनि ३३ प्रतिशत बनाउनु पर्ने व्यवस्था गरेको स्मरण गराउनुभएको छ ।
‘बाँकेका ८ वटा तहमा ८१ वटा वडामा कम्तीमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्नेछन् समेत उहाँले सामाजिक सञ्जाल फेसबुरकमा लेखेर सार्बजनिक गर्नुभएको हो । फेसबुक स्टाटसको स्क्रिन सट खजुरा क्षेत्रमा भाइरल भए पनि उहाँले भने हटाउनुभएको छ् । उहाँको पार्टी नेकपा एमालेले अहिलेसम्म खजुरा गाउँपालिकामा कस्लाई अध्यक्ष बनाउने भन्नेबारे कुनै पनि निर्णय सार्वजनिक गरेको छैन ।
