(Thursday 29th of October 2026)
`

एकिकृत भन्सार जाँच चौकीको एक बर्षमा ३५ प्रतिशत निर्माण कार्य

  • सगरमाथा गन्तब्य
  • 14.2K
    SHARES

    आशा परियार – नेपालगन्ज  : नेपालगन्ज एकिकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाई भएको छ । एक बर्ष वितिसक्दा पनि एकिकृत भन्सार जाँच चौकीको निर्र्माण कार्य ३५ प्रतिशत मात्र काम हुँदा निर्माण कार्यमा ढिलाई भएको हो ।
    पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा निर्माण हुँदै आएको एकिकृत भन्सार जाँच चौकी भारत सरकारको सहयोगमा बन्दै गरेको प्रोजेक्ट (आई.सी.पी) को निर्माण कार्य ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । एकिकृत भन्सार जाँच चौकीको निर्माण कार्य एक बर्ष बितिसक्दा ३५ प्रतिशत मात्र कार्य पुरा भएको संघिय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी होमनाथ भुसालले जानकारी गराउनु भएको छ ।
    भारत सरकारको २ अरब ३५ करोड लागतमा आई.सी.पी निर्माण अगाडी बढेको छ । उक्त एकिकृत भन्सार जाँच चौकी निर्माण प्रोजेक्ट सन २००५ मा नेपाल—भारत सरकार बीच सम्झौैता भएको थियो । सम्झौता भएको १५ वर्ष पछि निर्माण कार्य सुरु भएको छ ।
    भारत सरकारले आई.सी.पी निर्माण गरेर नेपाल सरकारलाई हस्तान्त्रण गर्ने कार्यान्वयन स्वरुप भैरहवा, बीरगञ्ज, बीराटनगर र नेपालगञ्ज गरि चार ठाँउमा सम्झौता भएको हो । जस मध्ये बिराटनगर र बीरगञ्जमा निर्माण भएर चालु अवस्थामा रहेको छ । नेपालगन्जमा गत वर्ष असोज महिनामा सम्झौता भई २०७७ फागुनमा निर्माण कार्य शुभारम्भ गरिएको नेपाल सरकार शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जले जानकारी गराएको छ ।


    संघिय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी भुसालका अनुसार एकिकृत भन्सार जाँच चौकी निर्माण कार्य आयोजना बर्षामा पानी जमेर झन बढी प्रभावित बनेको र कोभिड १९ संक्रमणका कारण पनि निर्माण कार्य सुस्त रहेको बताउनुभयो । करिब १ बर्ष निर्माण कार्यमा ढिलाई भएको हो उहाँले भन्नुभयो, निर्माण कार्यका लागि कच्चा पदार्थ तथा सामाग्री अभावका कारण पनि निर्माण कार्यमा ढिलाई भएको उहाँले बताउनुभयो । नेपाल भारतको सिमानाकामा पर्ने भन्सार कार्यालय बर्षातमा पानीले धेरै समस्या पारेको भुषालले बताउनुभयो ।
    एकिकृत भन्सार जाँच चौकी निमार्णका लागी नेपाल सरकारले ६० मिटर चौडाई २२ सय मिटर लम्बाई गरी ८८ बिगाह जमिन छुट्याईएको भुसालले बताउनुभयो । उहाँका अनुसार एकिकृत भन्सार जाँच चौकी निर्माण कार्य प्रोजेक्ट सम्पन्न हुन १ बर्ष बाँकी रहेको समेत जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology