(Thursday 29th of October 2026)
`

टिप्परको ठक्करबाट २ जनाको मृत्यु, ३ सिकिस्त

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    आशा परियार – नेपालगन्ज : बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं ३ स्थित सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । टिप्परको ठक्करबाट तीन जना सिकिस्त अवस्थामा घाइते भएका छन् । सोमबार साझँ घर अगाडि आगो तापिरहेका अवस्थामा ५ जनालाई भे १ क १४९५ नम्बर रहेको टिपरले अनियन्त्रित भई ठक्कर दिएको हुँदा २ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय मैनापोखर बर्दियाले जानकारी गराएको छ ।
    टिपरको ठक्करबाट बर्दियाको बढैयाताल गाँउपालिकाका स्थानीयवासी ४५ वर्षिया सोम बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ भने रामु थारुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले जनाएको छ ।
    टिपरको ंठक्करबाट घाइते भएका ३५ वर्षिया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ११ मा बस्ने १९ वर्षिया लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले जनाएको छ । उक्त टिपर चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology