नेपालगन्ज : ई रिक्साले धेरैलाई रोजगारी दिएको छ । सर्वसाधाणहरुलाई आउजाउ गर्न सहज छ । तर जथाभावी रिक्सा चलाउँदा र ट्राफिक नियम पालना नगर्दा सर्वसाधारणहरुलाई सास्ती पनि खेप्नु परेको छ । ई रिक्सा चालकहले एक्कासी बाटो काट्दा दुर्घटनासमेत हुन गरेको छ । चोकहरुमा उल्टो बाटो भएर सडक काटेको सहजै देख्न सकिन्छ । रिक्साको भिडल नेपालगन्जको धम्बोझी चोक, सदरलाईन, त्रिभुवन चोक, विपीचोक, त्रिबेणीमोड, पुष्पालाल चोक क्षेत्रका सडक जाम हुने गरेको छ । बीच बाटोमै रिक्सा राखिन्छ । एक्कासी सुईया बाटो काट्छन, नेपालगन्ज धम्बोझी चोकका रमेशकुमार शर्मा भन्छन्, रिक्सले जति सजिलो भएको छ त्यति धेरै सास्ती पनि खेप्नु पर्छ ।
नेपालगन्ज रुपैडिहा नाकाको कुरै नगरौँ । त्यसो अस्तव्यवस्त छ । ई रिक्साको भिड बढ्दै गएपछि नेपालगन्जमा कति आवश्यक छ भन्ने बहस सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका रिक्सा व्यवस्थापनका लागि दर्ता प्रक्रिया सुरु गरेको छ । राजस्व शाखाका अधिकृत बीरबहादुर थापाका अनुसारहालसम्म २ सय रिक्सा दर्ता भएका छन् । उनका अनुसार नेपालगन्ज क्षेत्रमा कम्तिमा पनि १० हजार ई रिक्सा चल्छ । यति धेरै आवश्यक छैन, उनले भने । भिड हुने र सडक नै अवरुद्ध हुन थालेपछि भारतीय सुरक्षाकर्मीहरु रुपैडिहा जान रोक लगाउँदै आएका छन् । रिक्साका कारण नेपालागन्जमा बढि सडक दुर्घटना हुने गरेको स्थानियवासी बताउछन् ।
