(Thursday 29th of October 2026)
`

बन्ने भयो नेपालगन्ज १८ दिपनगरमा कालोपत्रे

  • सगरमाथा गन्तब्य
  • 19.1K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोमा आइतवार थप सडक विस्तार निर्माणको कार्य सूरु भएको छ । नेपालगन्जको कारकाँदो प्रहरी तालिम केन्द्रदेखि पश्चिम सगरमाथा बोर्डिङ स्कूल जाने सडक चौडाई गरिन लागेको हो । कारकाँदोको दिपनगरमा ७ मिटर बाटो चौडाई गरिनुका साथै अतिक्रमण रहेका संरचनामा रेखा लगाई भत्काउने योजना बनाएको वडा नं. १८ ले जनाएको छ । नेपालगन्ज ८ को दिपनगरमा भएको बाटोलाई चौडाई गरि कालोपत्रे बनाउने वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माले जानकारी गराउनुभयो ।
    सूरुमा रेखाङकन गरेका छौं यसको काम सकिने वित्तिकै कामको थालनी गर्ने वडा अध्यक्ष बर्माले बताउनुभयो । ३ करोड बजेटको लागतमा निर्माण हुँदै आएको सडक विस्तारको कार्यमा स्थानियको सहमतिमा सडक निर्माण कार्य भैरहेको उहाँले बताउनुभयो । लामो समय स्थानियसंगको छलफल पश्चात बाटो चौडाई र कालोपत्रे निर्माणमा पुगेको उहाँले बताउनुभयो । वडा नं. १८ मा स्थानिय सरकार आएपछि विकास निर्माणको कार्य धमाधम भएको छ । हप्तादिनमै वडाको ३ विकास निर्माणको कार्य शिलान्यास भएका छन् ।


    विकास निर्माणको कार्य देखेर स्थानियवासी सन्तुष्ट रहेको वडा नं. १८ का स्थानियवासी टेक बहादुर साउदले भन्नुभयो । वडाको कामले हामी हर्षित छौं खोजेजस्तो रोजेजस्तो वडा अध्यक्ष पाएका छौं उहाँले भन्नुभयो । जति बेला जहाँ भन्यो त्यही पुग्ने र विकास निर्माणको कार्यमा एकदमै चासो दिने अध्यक्ष बर्मा प्रति हामी एकदमै खुसी भएको उहाँले बताउनुभयो । विकास प्रेमी अध्यक्ष भएर चिन्न थालेका छन् वडावासीहरु स्थानिय साउदले भन्नुभयो । हरेक नागरिकको मनमनमा बस्न सफल भएका वडा अध्यक्ष बर्माले स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगायत विकास निर्माणको कार्यमा स्थानियवासीहरुसंग सहकार्य गरे भुमिका निर्वाह गर्दै आउनुभएको छ साउदले भन्नुभयो । स्थानियवासीलाई परेको समस्या प्रति चिन्तन गर्ने अध्यक्ष बर्मा वडावासीका लागि रातदिन खटिरहने युवा अध्यक्ष सावित भएको स्थानिय आशा जोसीले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology