नेपालगन्ज, माघ ०७ – सञ्चार जगत प्रतिको धारणा सार्वजनिक गर्न कोहलपुर नगरपालिकालाई महासंघको आग्रह नेपाल पत्रकार महासघ बाँकेले सञ्चार जगत प्रतिको आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।
बाँके जिल्लामा क्रियासील आस्थाका संगठन सहित छलफलपछि नेपाल पत्रकार महांसघ बाँकका सचिव कमल डाँगीले जारी गरेको बिज्ञप्तीमा निमय संगत काम गर्न कोहलपुर नगरपालिकालाई सञ्चार क्षेत्रले बांधा नपुर्याउने उल्लेख छ । उनले सञ्चार जगतलाई हुने आलोचनाबाट बच्न यस्तो बिज्ञप्ती जारी गरिएको त होईन भनेर आंसका व्यक्त गरेका छन् ।
बिहीबार सञ्चार जगतले अनाधिकृत रकम मागेको भन्ने आसयको कोहलपुर नगरपालिकाले बिज्ञप्ती निकालेको थियो । बिज्ञापन र सुचना बापतको भुक्तानी क–कस लाई दिने नदिने अधिकार कोहलपुर नगरपालिकासंग हुँदा हुदै सञ्चार जगतलाई बदनाम गराउने गरि बिज्ञप्ती जारी गर्नु खेदजनक भएको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा सञ्चार क्षेत्र प्रतिको धारणा अबिलम्व सार्वजनिक नगरे कडा कदम चाल्न बाध्य हुने उल्लेख छ ।
