(Thursday 29th of October 2026)
`

नेपालगन्ज १८ मा धमाधम विकास निर्माणको कार्य हुँदै

  • सगरमाथा गन्तब्य
  • 12.6K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा विकास निर्माणको कार्य तिव्र गतिमा भएको छ । उपमहानगरपालिका १८ मा स्थानिय जनप्रतिनिधि आएपछि विकास निर्माणको कार्य तिब्र भएको स्थानियवासीहरुको भनाई छ । पहिले हिलम्मे र धुलम्मे बाटोमा हिड्न बाध्य थियो भने अहिले कालोपत्रे र ग्राभेल बाटो निर्माण भएको छ स्थानिय टेक बहादुर साउदले भन्नुभयो । वडा अध्यक्ष दिपक बर्माले एकहप्ता भित्रै दुई वटा विकास निर्माणको शिलान्यास गर्नुभएको छ ।
    एकहप्ता भित्रै अर्को सडक नेपालगन्ज उप महानगरपालिका वडा नं १८ अमरनगर टोलमा सिद्धार्थ भिउ देखि पुर्ब कुखुरा फारम हुदै लगदहवामा जोड्निे कालो पत्रे सडक निर्माण र हाई मास्टको सिलान्यास वडा अध्यक्ष बर्माले गर्नुभयो । वडा अध्यक्ष बर्माले टोलवासीको उपस्थितिमा उक्त कार्यको शिलान्यास गर्नु भएको हो ।
    उक्त कार्यक्रममा वडा सदस्य दिग्बिजय ढुंगाना तथा टोल बिकास समितिका अध्यक्षको पनि उपस्थिति रहेको उहाँले जानकारी गराउनुभयो । कालो पत्रे सडक निर्माण शुरु भएपछि टोलबासीहरु अत्यन्त्तै खुशी भएको समेत उहाँले बर्माले बताउनुभयो । पुर्वाधार बिकासका हितमा खटिने अध्यक्ष बर्मालाई दोसल्ला ओढाई टोल बिकास समितिका अध्यक्षले सम्मान गर्नुभएको थियो । चालु आर्थिक बर्षमा वडा नं १८ भित्र पुर्वाधार बिकासहरु तिब्र गतिमा अगाडि बढी रहेको छ ।
    यो बर्षमा हाल सम्म ११ वटा पी सी सी सडक र तीन वटा कालो पत्रे सडक निर्माण सम्पन्न भइ सकेको बर्माले जानकारी गराउनुभयो । यस्तै उहाँले बाँकी सडकहरु ठेक्का प्रक्रियामा रहेको बताउनुभयो । यो आर्थिक बर्षमा गरीब मधेसी तथा दलित बस्तीमा धारा जडान तथा घरेलु सौर्य सोलार जडानको कार्य तिब्र गतिमा अगाडी बढी रहेको समेत वडा अध्यक्ष बर्माले जानकारी दिनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मेरीगोल्ड स्कुल देखि उत्तरको टोलमा पी.सी.सी सडक निर्माण कार्य तीब्र रुपमा जारी रहेको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology