(Thursday 29th of October 2026)
`

बाँके पुनः कोरोनाको हटस्पट बन्दै, एकदिनमै १०८ जनामा कोरोना पुष्टि

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज : केही समय बाँकेको नेपालगन्ज कोरोनाको हटस्पट बनेको थियो । पछिल्लो समय पनि कोरोनाको हटस्पटको रुपमा कोरोना बढदै गएको छ । बुधवार बाँकेमा एकैदिन १ सय ८ जनामा कोरोना पुष्टि भएको छ । नेपाल भारतको सिमानाका रुपैडिहा हुदै नेपाल भित्रिने जमुनाहा नाकामा बुधवार २७१ जनाको कोरोना परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै मंगलवार मंगलवार २१३ जनाको चेकजाँच गर्दा ३३ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कले जनाएको छ । बाँके जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ नमुना परीक्षण भएकोमा १ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो समय कोरोनाको तेश्रो लहर चलिरहदा नेपाल भारत सिमानाकाको हेल्थ डेस्कमा कडाई गरिनुपर्ने स्थानियवासीको माग रहेको छ ।


    दिनानुदिन बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बाँकेवासी नेपाल भारत सिमानाकामा कडाई गर्न माग गरेका हुन् । भारतका विभिन्न शहरबाट नेपाल आउने नागरिकलाई कोरोना चेकजाँचमा थप कडाई र व्यवस्थापन गर्न उनिहरुले माग गरेका हुन् । हेल्थ डेस्कमा चिकित्सकको दरबन्दी माग गरेका छन् । भिडभाड बढि र दरबन्दी कम भएका कारण चेकजाँचमा ढिलाई र व्यवस्थापन गर्न गाह्रो भएको जमुनाहा नाकाका हेल्थ डेस्कमा कार्यरत चिकित्सकले बताउनुभयो ।


    भारतबाट आउँदा उल्टो बाटोमा हेल्थ डेस्क भएको कारण कोरोना परिक्षण गर्न गाह्रो भएको जमुनाहा प्रहरी चौकीले जनाएको छ । उल्टो बाटोमा हेल्थ डेस्क भएको कारण कतिपय नागरिक विना कोरोना चेकजाँच भित्रिने गरेको जमुनाहा प्रहरी चौकीका इन्चार्ज मिन बहादुर विष्टले जानकारी गराउनुभयो । धेरै त हाम्रो प्रहरी साथीहरुले सहयोग गरेर चेकजाँचमा सहजता भएको उहाँले बताउनुभयो ।
    भेरी अस्पतालमा एक सय एक जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५३ जनाको नमुना जाँच गर्दा ३२ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् । सबैभन्दा बढी नेपालगन्जका छन् । परीक्षण भएकामध्ये नेपालगन्जका मात्रै ८० प्रतिशत बढी संक्रमित छन् । पछिल्लो दिनमा नेपालगन्ज हटस्पट बनेको छ ।
    योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ८२ पुगेको छ । जमुनाहा नाकाको हेल्थ डेस्कमा चेकजाँच गर्दा बुधबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology