आशा परियार – नेपालगन्ज ०३ माघ : कोभिडको सक्रमणबाट नेपालगन्जमा १ जनाको मत्यु भएको छ । तुल्सिपुर उपमहानगरपालिका ६ दाङमा बस्ने ४१ बर्षिय जगमती चौधरीको सोमवार कोरोनाका कारण मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पौष ३० गते पिसिआर परिक्षण भई उक्त पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्टआएपछि चौधरी भेरी अस्पतालमा भर्ना भएका थिए । पौष ३० गते भर्ना भएकी चौधरीको माघ ३ गते सोमबारका दिन भेरी अस्पतालमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । उहाँले कोभिड बिरुद्धको खोप नलगाएका कारण मृत्यु भएको बाँकेका कोभिड फोकल प्रसन टेज बहादुर ओलीले जानकारी गराउनुभयो ।
यस्तै भारतबाट नेपाल प्रबेश गर्ने २७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । नेपाल भारतको सिमानाकामा पर्ने जमुनाहा हेल्थ डेस्कमा चेकजाँच गर्ने क्रममा २७ जनाको कोरोना पोजेटिभ भेटिएको टेज ओलीले जानकारी दिनुभयो । हेल्थडेस्कमा २९० जनाको कोरोना परिक्षण गर्दा २ सय ५५ जना पुरुष र ३५ जना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको जमुनाहा प्रहरीले जनाएको छ । जसमा २७ जनामा २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।
हालसम्मा बाँंके जिल्लामा कोभिड सक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ जना पुगेको छ भने अन्य जिल्लाबाट बाँकेमा उपचाररत सक्रमित ४ सय ३७ जनाको मृृत्यु भएको फोकल प्रर्सन ओलीले बताउनुभयो । यस्तै बाल मन्दिर नेपालगन्जको आइसोलेसन सेन्टरमा २७ जना कोरोना पोजेटिभको उपचार भैरहेको छ । जसमा २५ जना पुरुष र २ जना महिला रहेका छन् ।
