(Thursday 29th of October 2026)
`

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    काठमाण्डौं – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्टिूय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको ASBC U22 Man and Women’s Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नुभएको हो । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।” बक्सिङका अन्तराष्टिूय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तराष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अबस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।” मन्त्री अथकले नेपालको सोही स्तरलाई कायम राख्दै च्याम्पीयन भएर फर्कन आग्रह गर्नुभएको हो ।
    पुर्वाधारको अभाव तथा कमजोर ब्यवस्थापनका कारण नेपाली खेल क्षेत्रको विकासमा केही समस्या देखिएपनि नेपाली खेलाडीहरुले भने सधैं उच्च मनोबलका साथ अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएको उल्लेख गर्दै मन्त्री अथकले खुसी ब्यक्त गर्नुभयो । उहाँले खेलक्षेत्रको विकासकालागि ब्यवस्थापन पक्षको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसलाई ब्यवस्थित गर्ने प्रयास भईरहेको समेत प्रष्ट पार्नुभयो । एसीयाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिनुभयो । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ । बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगाएतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology