(Thursday 29th of October 2026)
`

पत्रकार महासंघ बाँकेमा मुटु पत्रकारिता पुरस्कार स्थापना

  • सगरमाथा गन्तब्य
  • 19.2K
    SHARES

    नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखामा मुटु पत्रकारिता पुरस्कार स्थापना भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखामा स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार सोमवार स्थापना भएको हो । महासंघ संगको सहकार्यमा श्रीमती सुशीला गौतमले उक्त कोष स्थापित गर्नुभएको छ । सुशीला र सुर्यनाथ नेपालगन्जका नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्ष निरज गौतमका माता पिता हुनुहुन्छ । नेपाल पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा दाता सुशीला गौतमले एक लाख रुपैयाँको कोष स्थापना गर्नुभएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।
    सूर्यनाथको मुटु रोगकै कारण मृत्यु भएपछि आफुले श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले बताउनुभयो । उक्त कोषको संरक्षकमा छोरा निरज गौतमलाई राखिएको छ । अक्षय कोष रकम मुद्वतीमा राखिने छ । एक वर्षमा जति ब्याज आउँछ त्यो रकम पुरस्कारको रुपमा प्रदान गरिने छ । बिस्तारैपछि पुरस्कार राशी बढाउँदै लैजानेमा आफु सकारात्मक रहेको संरक्षक गौतमले बताउनुभयो । महासंघ अध्यक्ष भण्डारीले पुरस्कारहरु व्यवस्थित गर्दै चाँडै बितरण गरिने र दाताहरुको महासंघले सदैव कदर गर्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology