नेपालगन्ज – जिल्ला स्तरीय हाप्किडो सेमिनार नेपालगन्जमा सम्पन्न भएको छ । बाँके जिल्ला हाप्किडो संघको आयोजनामा भएको सेमिनारमा बाँके जिल्लामा रहेका विभिन्न डोजाङका सहायक प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।
उक्त सेमिनारलाई बाँके जिल्लाको मुख्य प्रशिक्षक रवि सुनारले दिनुभएको थियो । सेमिनारमा बाँके जिल्ला हाप्किडो संघका अध्यक्ष बुद्धि राज बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो भने, उपाध्यक्ष द्वय अतुल गुप्ता र मोहसिन हलवाई, सदस्य सपना परियार र जिल्ला हाप्किडो संघका सल्लाहकार शलिकराम नागवागको सहभागिता रहेको थियो ।

हाप्कडो संघले आगामी माघ महीनाको २२ देखि २८ गते सम्म दाङ जिल्लामा आयोजना हुन गईरहेको वृहत पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी स्वरूप नेपालगन्जमा सेमिनारको आयोजना गरिएको प्रशिक्षक रवि सुनारले जानकारी गराउनुभयो । नेपालमा पछिल्लो समय हाप्किडो खेल स्कूल–स्कूलमा प्रशिक्षण गराउदै आएको छ भने खेल प्रति आम जनताको चासो समेत बढिरहेको प्रशिक्षक सुनारले बताउनुभयो ।

