नेपालगन्ज : कोहलपुर नगरनगारपालिका वडा न २ मा रहेको श्री लक्ष्मी माध्यामिक बिद्यालयलमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । रुम टु रिड नेपालको आयोजनामा जिवन उपयोगि सिप अन्र्तगत बालिकाहरुलाई आत्म रक्षा तालिम प्रदान गरिएको हो । रिम टु रिड नेपाल, पढनका लागि कोठा लक्ष्मी माविमा कार्यरत दिल कुमारी चौधरीले जिवन उपयोगी तालिम मार्फत छात्राहरुलाई आत्मनिर्भर कसरी बनाउने बारे जानकारी दिनुभयो । पछिल्लो समय बालिकाहरु बिभिन्न हिंसाका घटनामा परेको र बालिकाहरु असुरक्षित भएका कारणले उनीहरुलाई आत्मरक्षा तालिम दिइएको चौधरीले बताउनुभयो । रुम टु रिडको उद्देश्य १२ कक्षा पास गराउने सगै जिबन उपयोगी तालिम दिएर उनीहरुलाई सक्षम बनाउने रहेको चौधरीले बताउनुभयो ।

जिबन उपयोगी कोष मार्फत सही निर्णय कसरी लिने, आफु कसरी सुरक्षित हुने, कानुनी प्राबधानहरु के के छन् , कस्ता खाले ब्यक्तिबाट हिंसा हुन सक्छ भन्ने बिषयमा बालिकाहरुलाई सिकाउने गरिएको रुम टु रिड अन्तरगत बालिका शिक्षा कार्यक्रम बाँकेमा कार्यरत गारगी बस्नेतले जानकारी दिनुभयो । आत्म रक्षाका लागि प्राक्टिकल रुपमा सिकाईरहेको बस्नेतले जानकारी दिनुभयो । अहिले लक्ष्मी माध्यमिक बिद्यालयमा २ सय जना बालिका मध्ये ५० जना बालिकाहरुलाई आत्मरक्षा तालिम दिइएका छौं बस्नेतले भन्नुभयो । रुम टु रिड नेपालले बाँकेका ११ ओटा बिद्यालयमा काम गरिहेको छ भने कोहलपुर नगरपालिकामा ८ वटा विद्यालयमा कार्यक्रम संचालनमा रहेको उहाँले जानकारी गराउनुभयो । उक्त आत्मरक्षा तालिममा आफुलाई कोही आक्रमण गर्न आउँदा त्यसबाट आफु कसरी बच्ने कस्ता खाले उपाय अपनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षकद्वय बिनोद मगर र तेज पुन मगरले प्रशिक्षण दिनुभएको थियो ।

