(Saturday 25th of July 2026)
`

फोनिज बाँकेले तमु ल्होसार पर्व मनाउने

  • सगरमाथा गन्तब्य
  • 9.7K
    SHARES

    नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाले तमु ल्होसार पर्व भव्यका साथ मनाउने भएको छ । आदिवासी जनजातिको हरेक पर्व धुमधामका साथ मनाउने फोनिज बाँकेले पहिलो बैठकबाट निर्णय गरेको हो । पुष १५ गते पर्न गएको तमु ल्होसारको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने फोनिज बाँके शाखाले जनाएको छ । मंसिर २५ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको छैठौं अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार नेपालगन्जको बौद्ध गुम्बामा बसेर सो निर्णय गरेको फोनिज बाँकेका सचिव लक्ष्मी चौधरीले जानकारी गराउनुभयो ।
    फोनिज बाँके शाखाको पहिलो बैठकले केन्द्र र प्रदेशको अधिबेशनका लागि तयारी समेत भैरहेको उहाँले जानकारी गराउनुभयो । प्रदेश पार्षद र केन्द्रिय पार्षदको लागि जिल्ला शाखाको अधिबेशनबाट निर्णय भएको नाम नै सिफारिस भएको फोनिज बाँके शाखाका अध्यक्ष भगतराम थारुले जानकारी गराउनुभयो । पहिलो बैठकले शाखाको नियमित बैठक बस्ने मिति समेत तय गरेको अध्यक्ष थारुले बताउनुभयो ।फोनिज बाँके शाखाको अध्यक्ष भगतराम थारुको अध्यक्षतामा बसेको पहिलो बैठकमा सचिव लक्ष्मी चौधरी, सह सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष दिपक राई, सदस्यहरुमा सुस्मा श्रेष्ठ, सुविना थारु, रुपा चौधरी, मस्तिराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology