नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी बाँकेले बधाई तथा शुभकामना प्रदान गरेको छ ।
प्रेस चौतारी बाँकेको आयोजनामा आइतवार नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत केसी, प्रेस नेकपा एमालेका केन्द्रिय प्रचार विभागका पुर्व सदस्य डिल्ली बिसी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज रुद्र सुबेदी, नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष ठाकुर सिंह थारु, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष हेमन्त बिक र सचिव कमल डाँगीले नवनिर्वाचित कार्यसमितिलाई खादा र टिका लगाएर बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

फोनिज बाँकेका नवनिर्वाचित अध्यक्ष भगतराम थारु, सहसचिव सुमन श्रेष्ठ, सदस्य रुपा चौधरी, मस्तिराम चौधरी र सूस्मा श्रेष्ठलाई खादा लगाएर बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी निकट पत्रकारहरुको सहभागिता रहेको थियो ।

