(Saturday 25th of July 2026)
`

तिमीसंग हिडेको सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज : नेपाली म्युजिक भिडियो तिमीसंग हिडेको आज सार्वजनिक भएको छ । चर्चित मोडल सन्जित ओली र चर्चित मोडेल सुनिता दहितको मुख्य भुमिका रहेको तिमीसंग हिडेको म्युजिक भिडियो सार्वजनिक भएको हो । आइतवार तिमीसंग हिडेको तिमीसंग बोलेको बोलको म्युजिक भिडियो एसके मिडिया अफिसियल युट्युबबाट सार्वजनिक भएको कलाकार तथा डाइरेक्टर कुन्दन चन्दले जानकारी गराउनुभयो ।
    चर्चित गायक सुनिल धड्कन र मेलिना गुरुङको स्वरमा रहेको बोलको गित तिमीसंग हिडेकोको म्युजिक भिडियोमा सन्जित र सुनिता देखिने भएका छन् । लामो समय कलाकारिता क्षेत्रमा काम गर्दै आएका सन्जित र सुनिताको यो जोडी तिमीसंग हिडेकोमा पनि देख्न सकिने कलाकार तथा डाइरेक्टर कुन्दन चन्दले जानकारी गराउनुभयो ।
    डाइरेक्शन, छायाङकन तथा इडिटिङ्गमा कुन्दन चन्दले साथ दिनुभएको छ भने कलाकार सन्जित ओली, सुनिता दहित र सबिन पौडेलको तिमीसंग हिडेको गितमा मुख्य भुमिका रहेको छ । छायाङकन सुर्खेतको बुलबुले ताल र बाँकेको गाभरमा भएको तिमीसंग हिडेको बोलको म्युजिक भिडियोमा डाइरेक्टर तथा चर्चित मोडल केशव चालिसेको भरपुर साथ सहयोग रहेको कलाकार तथा डाइरेक्टर चन्दले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology