– नेपालगन्ज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु सर्वसम्मत निर्वाचित हुनु भएको छ । फोनिज बाँके शाखाको छैठौं अधिवेशनले भगतराम थारुलाई अध्यक्षमा शनिवार निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सोम गुरुङ, सचिबमा लक्ष्मी चौधरी, सहसचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुष्मा श्रेष्ठ, मस्तीराम चौधरी चयन भएका छन । १३ सदस्यीय कार्यसमितिमध्ये हाल १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यलाई कार्यसमितिले थप गर्ने निर्वाचन समितीका संयोजक पुर्णलाल चुकेले बताउनुभयो ।
त्यसैगरी, अधिवेशनले बिधान अनुसार ८ जना सदस्यलाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशनका लागि प्रतिनिधिमा चयन गरेको छ ।

फोनिजले शनिवार मङ्सिर २५ गते देशैभरका जिल्ला शाखाहरु, पुस २४ गते प्रदेश महाधिवेशन र माघको ७ र ८ गते संघीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेको थियो । फोनिजको हालसम्म ५४ जिल्ला शाखा, ७ प्रदेश र ५ बिदेश शाखा समितिहरु रहेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको जिल्ला अधिबेशनको अध्यक्षता निवर्तमान अध्यक्ष समिरमान श्रेष्ठ, प्रमुख अतिथिमा फोनिजका लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ, बिशिस्ट अतिथिमा खजुरा गाउँपालिका उप प्रमुख एकमाया बि.क. अतिथिहरुमा नेवा देय दबु बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाके शाखाका उपाध्यक्ष करुणा शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बीनि प्रदेशका सदस्यद्वय रविन्द्रमान सेरचन, प्रज्वल श्रेष्ठ, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, प्रेस सेन्टर बाँकेका सह सचिव केपी घिमिरे,साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अक्षरी पोखरेल, डब्लु डब्लु जे बाँकेका अध्यक्ष सावित्री गिरी लगायतको उपस्थिति रहेको थियोे ।


