(Saturday 25th of July 2026)
`

बुवाको सपना पुरा गर्दैछु : कृषक पन्त

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    बाँके  – बाग्लुङ जिल्लामा जन्मिएका हरिदत्त पन्त बाँकेको खजुरामा नर्सरी फार्म संचालन गर्नुभएको छ । उहाँले कर्म थलो बाँकेलाई नै बनाउनु भएको हो । सानो उमेर देखि नै कृषि पेशा गर्ने सोच बोकेका पन्त बुवालाई कृषिकर्ममा सघाउँदै आउनु भएको थियो । उहाँ स्व. बुवा रत्न दत्त पन्त र आमा सुमित्रा पन्तको कोखबाट ४ भाइहरु मध्ये सबैभन्दा जेठो छोराको रुपमा बि.सं. २०२३ सालमा जन्मिनुभएको थियो ।
    निरन्तर मेहनत, लगनशील तथा अनुसाशित भएर बि.सं. २०५४ सालमा बि.एड. सम्मको शिक्षा हासिल गर्नु भयो । त्यसपछि उहाँले त्यसका साथै जागिरको शिलशिलामा मुगु जिल्ला स्थित बालशिक्षा माध्यामिक बिद्यालयमा बि.स. २०४५ सालमा प्राथमिक तह अन्तर्गत १६ बर्ष, माध्यामिक तहमा बि. स. २०६० साल देखि निरन्तर १६ बर्ष सम्म अध्यापन गराउनु भयो । ३२ बर्ष सम्म अध्यापन गर्नुभयो । त्यसपछि बि.सं. २०७६ सालमा शिक्षण पेशाबाट सेवा निबृत्त प्राप्त गरिसके पछि पन्त अहिले बुवाको सपना पुरा गर्नुका साथै बागेश्वरी फलफुल बिकास तथा नर्सरी फार्ममा रमाइरहनु भएको छ ।
    उहाँको नर्सरी फार्ममा उन्नत जातका आँप, लिची, कटहर, लगायतका १२ प्रकारका छन्, भोटे घाँस , डाले घाँस, बडहर, बकाईनो लगायत ५ प्रकारका, सिजनल फुल र बहुबर्षिय गरि ३० प्रकारका, बेमौसमी तरकारी तथा हिउँदे तरकारीहरुको बिरुवा बिक्री गरिरहनु भएको छ । जसले गर्दा खर्च कटौती गरि बार्षिक ४ लाख सम्म नाफा भैरहेको जानकारी दिनुभयो । उहाँले आफ्नो निजि लगानीमा सो फार्म संचालन गर्नुभएको छ । आलु, काउली, बन्दा, लसुन लगायतका मौसम अनुसारका तरकारी पनि फलाउदै आउनुभएको छ । उक्त नर्सरी फार्ममा प्रत्यक्षरुपमा २ जना र ज्यालादारीमा २ जना महिला/पुरुष गरि ४ जनाले रोजगारी समेत पाएको बताउनुभयो । आफू लगायत तीन भाइ कृषि पेशामा संलग्न रहेको र १ भाइ ब्यापार ब्यवसायमा संचालन गरिरहेको भन्नुभयो ।


    २०४२ साल देखि कृषि पेसा गर्दै आएता पनि उहाँले २०७४ सालमा त्यसलाई ब्यवस्थित तरिकाले नर्सरी फार्मको नामले दर्ता गर्नुभएको हो । जागिर गर्ने क्रममा लेख, रचना, विभिन्न पत्रपत्रिकामा पठाउने गर्नुभयो । उहाँले बि.स.२०४७ सालतिर मध्यपश्चिमांचल बिकास क्षेत्रबाट निबन्ध प्रतियोगितामा प्रथम पुरुस्कार प्राप्त गर्नुभयो । बि.स. २०५७ साल तिर प्रहरी द्विमासिक पत्रिकामार्फत अपराध अनुसन्धानमुलक लेखहरु प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयद्वारा सम्मानित समेत हुनुभएको थियो । यसरी विभिन्न साहित्यक लेख रचना कविता, निबन्ध लगायतका क्षेत्रमा आफ्नो बुद्धिबिबेकले भ्याएसम्म निरन्तर रुपमा कलम चलाउने भन्नुभयो । सेवा निबृत्तको अबधि रहेता पनि उहाँले सरकारबाट पाउने सेवासुबिधालाइ त्यागेर आफ्नो नर्सरी फार्म तथा कृषिकर्म गर्नमा नै खुसी भएको पन्तले जानकारी दिनुभयो । उहाँले बिगतमा आफुले जस्तो जागीरका लागि भोग्नु परेका पिडाहरु अन्य शिक्षित युवायुवतीहरुलाई नहोस् साथै गर्न सकेमा कृषि पेशाबाट पनि लाभ लिन सकिने भन्नुभयो । जुनसुकै क्षेत्रमा काम गरेता पनि ईमानदारिता, लगनशीलता , अनुशाशितका साथै मेहनतका साथ गरिएमा जिवनमा सफलता प्राप्त गर्न सकिन्छ । शिक्षण पेशामा प्रबेश गर्दा विभिन्न किसिमका अप्ठ्यारो महसुस भएता पनि वरिष्ठ शिक्षकको एउटा छुट्टै किसिम को पहिचान बनाएको थिए, साथै अब कृषि पेशाबाट पनि बिशिष्ठ कृषकको क्रेज बनाउने पन्तको दाबी छ ।
    सो नर्सरीमा उत्पादन गरिएका बेर्नाहरु बाँके, बर्दिया, कैलाली, धनगढी, कपिलवस्तु , दाङ, दैलेख, सुर्खेत, चितवन र काठमाडौं सम्म पठाइरहेको जानकारी दिनुभयो । साथै अबको केही समयपछि अन्य जिल्लामा पनि पठाउने उहाँले भन्नुभयो । अरु नर्सरी फार्म भन्दा केही सस्तोमा बिक्री गर्ने र उन्नत जातका बेर्ना उत्पादन गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
    अहिले निजि ६ कठ्ठा जग्गामा रहेको नर्सरी फार्मलाई अन्यत्र जग्गा भाडामा लिएर बिस्तार गर्ने लक्ष्य पन्तको रहेको छ । कृषक परिवारमा जन्मिएका पन्त कृषि क्षेत्रलाई निरन्तररुपमा अगाडि बढाउने र आफुलाइ आदर्श कृषकको रुपमा तथा प्रेरणाको स्रोत बन्ने बताउनुभयो । १० लाख लगानीमा संचालित नर्सरीलाई ब्यवस्थापन गर्दै केही बर्ष पछि खर्च कटौती गरि बार्षिक १० लाख नाफा कमाउने समेत लक्ष्य उहाँको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology