सपना परियार : कोहलपुर – बाँकेको कोहलपुरमा संचालनमा रहेको होटल म्याक्स प्रा.लि.ले नाइट क्लब संचालन गर्ने भएको छ । पश्चिम क्षेत्रबाट पहिलोपटक होटल म्याक्स प्रा.ली. कोहलपुरले नाइट क्लब सञ्चालन गर्ने भएको हो । होटल म्याक्सले सर्वसाधारण तथा आन्तरिक पर्यटकहरुको चाहनालाई लक्षित गरि सेवा प्रारम्भ गरेसँगै कोरोना संक्रमण काल शुरु भएकाले सेवा प्रवाहमा समस्या झेल्दै आएको थियो । होटलका प्रवन्धक जावेद अक्तरका अनुसार कोरोना महामारीको संक्रमणकाल विस्तारै हट्दै गइरहेकाले अब होटलले आफ्नो सेवा प्रवाहमा विशेष जोड दिने सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । कोरोना कहरमा झेलीएको होटल व्यवसायी पुन व्यवस्थित तरिकाले आउने क्रममा रहेको छ ।
विशेष गरी पश्चिम क्षेत्रमा पहिलो पटक नाइट क्लब सञ्चालन गरी क्लवका पारखी युवाहरुलाई विशेष मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ नाइट क्लव संचालन गर्ने योजना रहेको होटलका सेल्स म्यानेजर गणेश चालिसेले बताउनुभयो । नाइट क्लब सञ्चालका लागि सबै तयारी पुरा भइसकेको र केही प्रशानिक काम अन्तिम प्रक्रियामा रहेकाले केही दिनमा नाइट क्लब सञ्चालन हुने चालिसेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा होटलका फ्रन्ट डेस्क म्यानेजर माधव सुवेदीका अनुसार निकट दिनमा सञ्चालनमा आइरहेको नाइट क्वलमा ५० जनाले मनोरञ्जन लिन सक्नेछन् र त्यसका लागि सबै सुरक्षा मापदण्ड तथा आवश्यक व्यवस्थापकीय कार्य पुरा भइसकेको बताउँदै स्थानिय तथा सामान्य जीवनस्तर भएका सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने उहाँले बताउनुभयो ।

युवाहरुको विशेष जोड गरी उच्च श्रेणीको सेवा प्रभाव गर्दै आन्तरिक पर्या पर्यटन प्रवद्र्वन र विकासमा समेत टेवा पुर्याउने उद्देश्यले कोहलपुरमा ठुलो लगानीका साथ होटल सञ्चालनमा ल्याइएको व्यवस्थापन पक्षले जनाएको छ । अहिले होटलले ५० वटा सुविधासम्पन्न कोठाहरु, रुफ टप रेष्टुरेन्ट, स्विमिङ्ग पुल, ४ सय व्यक्तिसम्म अट्ने क्षमताका २ वटा ठुला ब्यांक्वेट हल सहित लाइभ म्युजिक लगाएतका सेवा प्रभाव गरिरहेको छ । होटलमा खासगरि नेपाली खाना जस्तै तास, छोइला, सेकुवा विशेष परिकार रहेको होटल म्यानेजमेन्टले जनाएको छ ।

