(Thursday 29th of October 2026)
`

नेपालगन्जमा टिकटक च्यालेन्ज हुँदै

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ४ सेतु विक चोकमा रहेको मतिना नेवारी रेष्टुरेन्टमा शुक्रवार द झिल्के एण्ड कम्पनी व्याण्डको बेजोड प्रस्तुत हुने भएको छ । बिहीवार रेष्टुरेन्टले पत्रकार सम्मेलनको आयोजना गरि सो ब्याण्डको प्रस्तुती हुने जानकारी गराएको हो । नेपाल कै चर्चित व्याण्ड पहिलो पटक पश्चिम नेपालको यात्रामा नेपालगन्ज आउने कार्यक्रम तय भएको रेष्टुरेन्टका संचालक संजय श्रेष्ठले जानकारी गराउनुभयो ।
    क्युएफएक्स सिनेमाको अगाडी रहेको उक्त रेष्टुरेन्टले नेपालीहरुको महान पर्व दशैको शुभ अवसरमा टिकटक च्यालेन्ज प्रतियोगिता समेत आयोजना गरिएको छ । टिकटकमा भाग लिन चाहने सबैको लागि खुल्ला भएको रेष्टुरेन्टका संचालक श्रेष्ठले बताउनुभयो । टिकटकमा भाग जतिजनाले पनि लिन सकिने आयोजकले जानकारी गराएको छ । टिकटकमा सबैभन्दा बढि लाइक भिउज आउने एक जनालाई १० हजार नगद पुरस्कारले पुरस्कृत गर्ने श्रेष्ठले बताउनुभयो । टिकटकका लागि रेष्टुरेन्टमै आएर टिकटक बनाउनुपर्ने, सामाजिक सदभाव, तथा कसैको संस्कृतिमा आँच नआउने किसिमको गितमा टिकटक बनाउन सकिने रेष्टुरेन्टले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology