(Thursday 29th of October 2026)
`

फ्युचर बचत सहकारीको करोडौं हिनामिना, २ बर्षमा पनि बचतकर्ताले रकम फिर्ता पाएनन्

  • सगरमाथा गन्तब्य
  • 15.4K
    SHARES

    भगतराम थारु :  नेपालगन्ज १४ असोज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित रहेको फ्युचर बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले करोडौं रकम हिनामिना गरेको खुल्न आएको छ । सहकारीमा अहिले ताल्चा लागेको छ । रकम फिर्ता माग्न आउनेको भिड हुन्छ स्थानिय एक जना नागरिकले भन्नुभयो । सहकारीको अफिसमा ताल्चा लागेपछि बचत गर्ने बचतकर्ता अन्योलमा परेका छन् ।
    सहकारीका संचालक समितिले फोन नउठाउँदा र समयमा बचत फिर्ता नगर्दा गाह्रो भैरहेको नेपालगन्ज ८ बस्ने एक जना बचतकर्ताले भन्नुभयो । बचत फिर्ता माग्न बारम्बार कार्यालय धाउदा पनि बचत फिर्ता भएन उहाँले भन्नुभयो । कहिले हिसाव मिलाउँदै छौं कहिले एक हप्तापछि आउनु भन्दै बोलाउने तर पनि बचत फिर्ता नगर्ने उहाँले भन्नुभयो । सहकारी नै बन्द भएपछि करोडौं हिनामिना गरिएको बचतकर्ताहरुले बताएका छन् । गत चैतदेखि सहकारीको अफिस बन्द छ ।
    बचत उठाएको रकम संचालक समितिले उठाउँदै, व्यक्तिगत खर्च गरेको बचतकर्ता र संकलनकर्ताहरुको भनाई छ । २०७६ साल ३ महिना १५ गते ६ महिना अवधिका लागि बचत जम्मा गरे २०७६ साल ९ महिना १६ गते अवधि पुरा भयो एक बचतकर्ताले भन्नुभयो । रकम फिर्ता माग्न जाँदाजाँदा वाक्क भए अहिले २ बर्ष पुग्दा सम्म ३५ हजार रकम फिर्ता पाएको छैन उहाँले भन्नुभयो । मेरो भन्दा अरुको लाखौंको बचत फिर्ता पाउनुपर्ने छ धेरैले पाएका छैनन् उहाँले भन्नुभयो ।
    सहकारीले १ करोड ७२ लाख ७८ हजार ८२ रुपैया हिनामिना गरेको सहकारीका एक जना पदाधिकारीले भन्नुभयो । सहकारीको बजारमा ७० लाख जति उठ्नुपर्ने छ । बाँकी रकम कहाँ गयो त्यसको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।
    सहकारीले यही शनिवार बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट नयाँ कार्यसमिति चयन गर्ने समेत एक जना पदाधिकारीले भन्नुभयो । नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छैन् साधारणसभाबाट पारित हुन्छ उहाँले भन्नुभयो । नयाँ कार्यसमिति आएपछि सिस्तमबाट सहकारीलाई अगाडी लैजाने समेत उहाँले भन्नुभयो । प्रदेश सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशको अध्यक्ष एवं जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीका अनुसार फ्युचर सहकारीले पहिलेका संचालक समितिले कर्मचारी धेरै राख्ने, कर्मचारीलाई कमिशन धेरै दिने गर्दा सहकारी घाटामा गएको उहाँले बताउनुभयो । सहकारीले रकम हिनामिना गरेको देखिदैन उहाँले भन्नुभयो ।
    बचतकर्ताको पैसा फिर्ता दिनुपर्ने हो उहाँले भन्नुभयो । के कारण र कसरी फिर्ता दिन नसकेका हुन यस विषयमा छलफल गर्ने उहाँले बताउनुभयो । सहकारीको ८० लाख ऋण बजारमा उठनुपर्ने देखिन्छ उहाँले भन्नुभयो । सहकारीको बारेमा जिल्ला प्रशासन उजुरी पनि परेको छ ।
    नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लिमिटेडको संचालक भुपेन्द्र अधिकारीका अनुसार गरिव जनताले खाई नखाई जम्मा गरेको रकम सहकारीले हिनामिना गर्न नमिल्ने बताउनुभयो । बाँकेका सहकारीलाई बदनाम गराउन संचालक समितिमा होडवाजी गर्ने र सहकारीको विषयमा ज्ञान नभएका पदाधिकारी आउनु नै मुख्य कमजोरी रहेको अधिकारीले बताउनुभयो ।
    सहकारीको प्रचलन कानुन पालना नगरेर सहकारी चलाउनु, लगानी गरेको रकम उठाउन नसक्नु, कर्मचारीलाई धेरै प्रतिशतमा काम गराउनु पनि सहकारीको कमजोरी रहेको उहाँले बताउनुभयो । तालिम प्राप्त कर्मचारीले सहकारी संचालन नगर्दा र सहकारी निती, विधी र प्रकृृयामा चलाउदा सहकारी कहिल्यै बदनामी नहुने उहाँले बताउनुभयो ।
    यता सहकारी संचालक समितिका अध्यक्ष राजेश कनोजियालाई सम्पर्क गर्दा उहाँको फोन अर्कैले रिसिभ गर्नुभएको थियो । यस्तै सहकारीका प्रबन्धक पवन कुमार र सन्जय दिवनलाई सम्पर्क गर्न खोज्दा उहाँको नम्बरमा सम्पर्क हुन सकेन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology