भगतराम थारु : नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजारका हरेक चोक चोकमा प्रहरी बिट छ तर प्रहरी बस्दैनन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै संम्बेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरीको सकिृयता बढाउन चोक चोकमा प्रहरी बिट राखिएको हो तर अधिकांश प्रहरी बिटमा ताल्चा लागेको हुन्छ । चोक चोकमा राखिएको प्रहरी बिटमा अहिले प्रहरी बस्दैनन् । लामो समयदेखि प्रहरी बिट खाली छ स्थानिय एक जनाले भन्नुभयो । नेपालगन्ज बजार क्षेत्र सुरक्षाको दृष्टिकोणले चौबिसै घण्टा चोक चोकमा प्रहरी राखिनु पर्ने हो तर यहाँ राखिएको प्रहरी बिटमा प्रहरी हुदैनन् स्थानिय प्रेम बहादुर ओलीले भन्नुभयो । नेपालगन्जको त्रिबेणी मोडमा करिव १६÷१७ बर्ष भयो व्यापार गरेको अहिलेसम्म प्रहरी बिटमा प्रहरी बसेको देखे छैन उहाँले भन्नुभयो । राति होस वा दिनमा सुरक्षाको निम्ती राखिएको प्रहरी बिटमा २४ सै घण्टा प्रहरीको उपस्थिती रहने भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम ओलीले भन्नुभयो ।

प्रहरी बिट बनाएको ५÷६ महिना प्रहरी बसे र हामीलाई पनि सुरक्षाको दृष्टिकोणले राम्रो भएको महशुस भएको थियो तर केही समय पछि बिट मै प्रहरी बस्न छाडे स्थानिय ओलीले भन्नुभयो । प्रहरी बिट सजावटको लागि राखिएको हो कि प्रहरी बस्न राखिएको हो उहाँले जिज्ञासा राख्दै भन्नुभयो । समय समयका कुनै न कुनै घटना भैरहने नेपालगन्जका चोक चोकमा शान्ति सुरक्षा मजबुत बनाइराख्न बिगतदेखी नै प्रहरी बिट स्थापना गरि सुरक्षा दिने तवरले राखिएको अधिकांस प्रहरी बिटमा प्रहरी बस्न छाडेका छन् । प्रहरीको सकिृयता खासै नहुँदा दैनिक जसो बिभिन्न खाले घटनाहरु हुदै आएको स्थानिय व्यवसायी विमला देबी बुढाले बताउनुभयो । नेपालगन्जको त्रिबेणी मोड, भानुभक्त चोक, भेरी अस्पताल चोक, शान्ति नगर चोक, घरवारीटोल लगायतका स्थानमा रहेको प्रहरी बिटमा प्रहरी बस्दैनन् बुढाले भन्नुभयो ।
प्रहरी बिटमा चौबिसै घण्टा ताला लागेको हुन्छ स्थानिय बुढाले भन्नुभयो । सुरुका दिनहरुमा प्रहरीको उपस्थिती भएपनि आज भोली भने बिटमा एक दिन पनि प्रहरी नदेखिएको उहाँले बताउनुभयो । यस अघि बिट नहुँदाँ प्रहरीलाई निगरानी गर्न समस्या भएपनि बिट बनिसक्दा पनि प्रहरी नखटाउनु प्रहरीको गम्भिर लापरबाही रहेको उहाँले बताउनुभयो । पछिल्लो समय नेपालगन्ज उपमहानगरको शान्तिनगर, बसपार्क, सदरलाइन आसपास चोरी डकैती, लुटपाट, महिला माथि दुब्र्यहार, लागू औषधको कोरोबार बढिरहेको स्थानिय प्रेम राज अधिकारीले बताउनुभयो ।

लामो समय देखि प्रहरी बस्न छोडेपछि विट करिव जिर्ण जस्तै बन्न लागेको छ । प्रहरी बिटमा फोहरहरु राख्न थालिएको स्थानियले बताएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता तथा डिएसपी मधुसुदन न्यौपानेले नेपालगन्जको चोक चोकमा रहेको प्रहरी बिटमा प्रहरी बस्ने गरेको बताउनुभयो । कुनै कुनै ठाउँका प्रहरी बिटमा व्यवस्थापन गर्न जरुरी छ त्यसको पनि सम्मन्वय भैरहेको डिएसपी न्यौपानेले बताउनुभयो । बिटमा अब जनचेतना मुलक डिजीटल बोर्ड समेत राख्ने तयारी भैरहेको छ उहाँले भन्नुभयो । शहरको सुन्दरता नविग्रिने गरि बिटमा डिजिटल बोर्ड र जनचेतना मुलक सन्देश समेत राखिने उहाँले बताउनुभयो ।
