नेपालगन्ज २१ साउन टिभिएस मोटर कम्पनीले बिहीवार बिएसभिएल कम्प्लायन्सको टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन नेपालगन्जमा भित्राएको छ । विश्वमा टु व्हीलर र थ्रीव्हीलरको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले बिएसभिएल कम्प्लायन्सको टिभीएस एनटर्क १२५ रेस एक कार्यक्रमको आयोजना गरि भित्राएको हो । नेपाली फिल्म जगतका सुपरस्टार नायक प्रदिप खड्काले एक कार्यक्रमका विच बिएसभिएल कम्प्लायन्सको टिभीएस एनटर्क १२५ रेस स्कुटर लन्च गर्नुभयो । टिभिएस एनटर्क १२५ नेपालमा पहिलो व्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनिय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । स्कुटरले टिभिएस रेसिंग पेडिग्रीद्धारा समर्थित उत्कृष्ट रहेको टिभिएस नेपालगन्जका म्यानेजर विजय चापागाईले बताउनुभयो । स्कृटरमा स्मार्ट कनेक्टफुल्ली र अनन्य टिभिएस कनेक्ट मोबाईलएप्लीकेशनसंग पेयर गरेको छ ।
जसमा स्मार्ट कनेक्टफुल्ली डिजिटल, स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इनविल्ट ल्याप टाइमर, फोन व्याट्री स्टेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमान्डर,ट्रिप मिटर र स्ट्रिट लगायत मल्ट राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरुलाई समेटेको म्यानेजर चापागाईले बताउनुभयो । टिभिएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस, एडिसन र सुपरस्क्वाड एडिसनमा उपलव्ध रहेको टिभिएस शो रुम नेपालगन्जले जनाएको छ । रेस एडिसन रेड ब्ल्याक, र यल्लो ब्ल्याक रंगमा उपलब्ध रहेको छ जसमा सुपरस्क्वाड एडिसन कम्व्याट व्लु, इन्भिन्सिबल रेड र स्तिल्थब्ल्याक रंगमा उपलव्ध रहेको जनाएको छ । स्कूटर लन्च कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे, व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो । लन्चको पहिलो दिनमा ९ वटा बिक्री, २४ वटा बुकिङ्ग भएको टिभिएसले जनाएको छ ।
