(Thursday 29th of October 2026)
`

जोगागाउँमा के गर्यो एमालेले ?

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    नेपालगन्ज – नेकपा एमाले बाँकेको सोह्रो पूर्ण बैठक जानकी गाउँपालिकाको बेलभारस्थित जोगागाउँमा सम्पन्न भएको छ । पार्टी कार्यकर्ताको मनोभावना अनुरुप पार्टीको बैठक सदरमुकाम भन्दा बाहिर गर्ने नीति अनुरुप जोगागाउँमा गरिएको अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो । यसअघि एमाले बाँकेले जिल्लाकै दुर्गम मानिने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा बैठक गरिसकेको छ । आगामी बैठक पनि नेपालगन्ज भन्दा बाहिरनै हुने अध्यक्ष ढकालले बताउनुभयो । जोगागाउँमा शनिवार भव्यता पूर्वक सम्पन्न बैठकले एमालेमा विगत लामो समयदेखि संगठित रहँदै आएपनि अहिले विभिन्न कारणबाट आन्दोलन वाहिर रहेका नेता कार्यकर्तालाई पार्टी मुलधारमा फर्कन विशेष पहल गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
    अध्यक्ष ढकालका अनुसार, बैठकले एक कमिटी एक महिना एक जना प्रवेश अभियान संचालन गर्ने, पार्टी विचारलाई जनताको विचमा पुर्याउन र पार्टीले गरेका कामका गतिविधिहरुलाई लिपिबद्ध गर्न चौमासिक रुपमा पार्टीको मुख पत्र प्रकाशन गर्ने, संगठित सदस्यहरको घरपरिवार पूर्ण रुपले साक्षर गराउने, आप्mनो घर वरिपरि घर आँगन सरसफाईमा विशेष ध्यान दिने, पार्टीका दस्तावेजहरु नियामित रुपमा अध्ययन गर्ने बानी बसाल्ने, आफनो वरिपरीको जग्गा बाझो नराख्ने,दाइजो लिने र दिने कुराको व्यापक विरोध गर्ने, कुनै न कुनै उत्पादनमा जोडिने प्रयास गर्ने लगायतका निर्णय गरेको छ ।


    बैठकले महिला सशक्तिकरणको लागि महिला कार्यकर्ता निर्माण गर्ने र तयार भएका कार्यकर्तालाई सैद्धान्तिक,राजनैतिक,तथा बैचारिक स्तर उन्नत पार्न पार्टी कमिटी र जनवर्गिय संगठनहरुले आयोजना गरेका सबै कार्यक्रममा एक जना बक्ता अनिवार्य बनाउनु पर्ने निर्णय गरेको छ ।
    कोरोना कहरबाट बच्न सामाजिक दुरि कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने र हात नमिलाउने, पार्टी पंक्ति स्वयमसेवको रुपमा आफ्नो वडामा परिचालित हुने र गराउने निर्णय भएको सचिव प्रमोद धितालले जानकारी दिनुभयो ।
    बैठकमा समूह विभाजनमा छलफल गरी समूह नेताहरुले बैठकको प्रस्तावमा धारणा राख्नु भएको थियो । वैठकमा एमाले केन्द्रीय सदस्य देवराज भार, मोहम्मद हारुन, शान्ति ढकाल लगायतले बोल्नु भएको सचिव धितालले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology