(Thursday 29th of October 2026)
`

चिसो र शितलहरबाट बच्न प्रशासनले गर्नुपर्ने तयारीबारे ध्यानाकषर्ण

  • सगरमाथा गन्तब्य
  • 18.9K
    SHARES

    नेपालगन्ज १ पुस । अहिले चिसोको मौसम शुरु भईसकेको छ । तराईको बाँके जिल्लामा पनि हरेक वर्ष चिसोले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । चिसो र शितलहरले यस क्षेत्रका विद्यालय, दैनिक मजदुरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित हुने गर्दछन । यसैक्रममा बाँकेमा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पुर्व तयारी र योजनाका बारेमा बाँके प्रशासनको ध्यानकार्षण गराइएको छ ।
    सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको नागरिक अगुवाहरुको टोलीले आज प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई उक्त ध्यानाकर्षण पत्र प्रदान गरिएको छ । चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जिवन रक्षाका लागि तयारी तथा कार्यक्रम, विभिन्न सरोकारवाला निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य, प्रत्येक टोलटोलमा काठ दाउराको व्यवस्थापन, उपभोक्ता तथा आम नागरिकका लागि तत्काल तातो खानेपानीको उचित व्यवस्थापन, लगायत ६ बुंदे ध्यानाकषर्ण पत्र बुझाइएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology