(Thursday 29th of October 2026)
`

एक्लो प्रयास र लगानीमा गणेश दहितले गरे ५ महिनादेखि अवरुद्ध बाटो मर्मत

  • सगरमाथा गन्तब्य
  • 15.1K
    SHARES

    भगतराम थारु, नेपालगन्ज २३ मंसिर- भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । गर्न चाहे सबै काम सफल हुन्छ । यस्तै उदाहरणिय कार्य गरेर देखाएका छन् । बैजनाथ गाउँपालिका १ च्यामाका गणेश दहित । आफु हिडने र आफ्नै बालवालिका, पाहुना हिड्ने बाटो पनि सुधार गर्न नमान्ने स्थानिय जनता कतिको इमानदारिता मानिन्छन् सोच्नु पर्ने विषय हो । कति पटक आफ्नै घरमा आउने पाहुना तथा स्कुल जाने बालवालिका समेत बाटोका कारण दुर्घटनामा पर्दा समेत स्थानियवासी र स्थानिय सरकारको ध्यान जान सकेन बाटो निर्माणमा ।
    बैजनाथ गाउँपालिका १ च्यामा जाने बाटो करिव ५ महिनादेखि अवरुद्ध भयो कसैले बनाउन आलटाल गरेनन् । उल्टै व्यक्तिगत फाइदाको लागि या अरुको फाइदाको लागि किन बनाउने बाटो भन्ने तिर स्थानिय नागरिक लागे । असारमा गएको पहिरोका कारण गाभर भ्याली जोड्नो च्यामा बाटो अवरुद्ध भयो । स्कुल बस, ट्याक्टर, मोटरसाइकल, साइकल, रिक्सा, अटोरिक्सा हिड्न छाडे । बाटो निर्माणका लागि स्थानिय सरकार र स्थानियलाई गुहार गरे तर कसैले सुनेनन् । स्थानिय च्यामाका गणेश दहितले भन्नुभयो । घरमा पाहुना आउँदा या बालवालिका स्कुल जाँदा हिलम्मे र धुलम्मे हुन्थे ।
    बाटो बनाउने तिर कसैले चासो देखाएनन समाजसेवी दहितले भन्नुभयो । बारम्बारको ताकेताबाट पनि केही सुनवाई र कसैको वास्ता नभइपछि अन्तत आफै बाटो निर्माणमा जुटे गणेश दहितले भन्नुभयो । च्यामामा आउने कयौ पाहुनाले गुनासो गरे हजुरको घरमा आउने बाटोको हालत यस्तो भनेर केही उपाय नलागेपछि आफ्नै ट्याक्टर र लेबर लगाएर म आफै बाटो निर्माणमा कसिए । करिव ३÷४ घण्टामा बाटो निर्माण गरे अहिले स्थानियको वाह वाही पाइरहेको छु उहाँले भन्नुभयो । गरे के हुन्न भनेर लागि परे आफुलाई अस्वास्थ भएर पनि बाटो निर्माण कार्यमा जुटे आखिरमा सवैलाई चाहिने बाटो एक्लो प्रयास , मेहनत र लगानीमा सम्पन्न गरे अहिले स्थानिय मुख लुकाएर त्यहीबाटे हिड्ने भएका छन् दहितले भन्नुभयो ।
    समाजसेवी दहितको आफ्नै होम स्टे छ होम स्टेको लागि हामीले किन बाटो मर्मत गरिदिने भन्ने धारणा स्थानिय जनताको थियो आखिरमा बाटो चाहिने स्थानिय नागरिकको रहे छ समाजसेवी तथा हरियाली देउराली मध्यवर्ती क्षेत्रका अध्यक्ष कृष्ण बहादुर चौधरीले भन्नुभयो ।
    बाटो अवरुद्ध भएपछि विद्यालयको चौर हुँदै स्थानिय हिड्ने गरेका थिए पछिल्लो समय विद्यालय खुलेपछि विद्यालयले बाटो बन्द गराएपछि बाटो पुर्ण रुपमा बन्द भयो । बाटो नभएपछि स्थानियलाई हिडदुल गर्न श्रोतसाधन आवतजावत गर्न समस्या भयो । त्यसो त ५ महिना अगाडीदेखि बन्द बाटो खुलाउन कम्तीको गाह्रो थिएन ।

    बाटो बन्द भएपनि बाटो निर्माणमा कसैले चासो नदिँदा स्थानिय गणेश दहितले आफ्नै लगानीमा आफै बाटो निर्माण गरेको स्थानिय कृष्णले भन्नुभयो । अहिले त्यही बाटो हुँदै सबैले निर्धक्कका साथ आवतजावत गरिरहेका छन् कृष्णले भन्नुभयो । करिव ५ महिना लामो समय बाटो अवरुद्ध हुँदा धेरै नै सास्ती खेप्न परेको स्थानिय पदम बहादुर राना क्षेत्रीले बताउनुभयो । असारदेखिको बाटो अवरुद्ध सिधा बाटो छोडी घुमाउरो बाटो हुँदै हिड्न परेको थियो अहिले सहज भएको छ स्थानिय राना क्षेत्रीले भन्नुभयो । कति पटक मोटरसाइकल पल्टियो, स्थानिय बालवालिका घाइते भए, विरामी हुँदा एम्बुलेन्स आउन सक्ने स्थिति थिएन तर पनि स्थानियवासी र स्थानिय सरकारले बाटो निर्माणमा पहल नगर्दा धेरै जनाले सास्ती खेप्न परेको थियो उहाँले भन्नुभयो । लामो समय अवरुद्ध भएको बाटो निर्माण कार्यमा जुटेका एक्लो गणेश दहितलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो ।
    यस्तै बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लले जसको आवश्यकता पर्छ उसैले बाटो निर्माण गर्ने कुरा जानकारी गराउनुभयो । पहिरो जाँदा बजेट थिएन बाटो मै खाल्डो थियो आफ्नै लगानीमा गर्ने कुरा भएन उहाँले भन्नुभयो । असारमा पानी आएको कारण खाल्डो बाटोमा परेको थियो खाल्डो देखेर बजेट पनि हालेका छौं उहाँले भन्नुभयो । बाटो कतै अवरुद्ध थिएन त्यही बाटो दैनिक हिडदुल गरिरहेको थिए अध्यक्ष मल्लले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology