(Wednesday 28th of October 2026)
`

सजनी सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 27K
    SHARES

    नेपालगन्ज ०५ कात्तिक – मोडल सुरेश चौधरीले ३ बर्षपछि सजनी भित्राएका छन् । ३ बर्ष पहिले थारु म्युजिक भिडियो अनलाइन अइहो हो छैली फेसबुकमा च्याट कर्बी फोन करो हो छैली कोहलपुरमा भ्याट कर्बी बोलको गित पछि मोडल सुरेशले सजनी भित्राएका हुन् । पहिलो गितले लाखौ थारु युवा युवतीहरुको मन जित्न सफल कलाकार सुरेश भन्छन ३ बर्षमा आफ्नो शरिर बनाउन समय लाग्यो अब शरिर नि फिटनेश भएको छ । थारु संस्कृतिको पहिचान बचाउन अब निरन्तर काम गर्ने उहाँले जानकारी गराउनुभयो । चर्चित थारु गायक विश्व सागर परियारको जबसे देख्नु तुहिन हो सजनी, चुरियाको धार जैसिन भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु गायक परियारले तिन बर्ष पहिले अनलाइन अइहो हो छैली कोहलपुरमा भेट करबी भन्ने बोलको गितबाट प्रबेश गराएका मोडल सुरेश थारुलाई दोश्रो पटक जवसे देख्नु तुहिन सजनी मोर दिलमे चैन नाई हो भन्ने बोलको म्युजिक भिडियोमा डेब्यु गराएका हुन् । पहिलो गितले सफलता पाएपछि दोश्रो गितमा अवसर दिएको चर्चित गायक परियारले जानकारी गराउनुभयो ।
    ३ बर्ष भित्र सुरेशको फिगर बनाउन जोड गरेको र अहिले मोडल सुरेशको फिगर तयारी अवस्थामा रहेको हुनाले मोडल बन्न लायक भएपछि मात्र प्रवेश गराउन अवसर दिएको गायक परियारले बताउनुभयो । चुरियाको धार जैसिन बोलको गितमा मुख्य भुमिका मोडल सुरेश थारु र मोडेल निरमला थारुको रहेका छन् । डाइरेक्टर कोरियोग्राफी बिकास बिकले गर्नुभएको छ भने, क्यामरामा रामु चौधरी, मेकअपमा सलमा अलि, ड्रोन क्यामरामा सुभाष चौधरीले साथ दिनुभएको छ । यस्तै गितको शब्द रमेश मिसनको रहेको छ भने, सङ्गीत बिश्वसागर परियार, स्वरमा चर्चित गायक विशाल निरौला र चर्चित गायीका सुमन चौधरीको रहेको छ । प्रोजेन्ट बिश्वसागर परियार रहेको छ । आरकेसी स्टुडियोको युट्युव च्यानलबाट सार्वजनिक भएको चुरिया धार जैसिन बोलको गितको छायाङकन बाँकेको रमणिय स्थलमा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology