नेपालगन्ज ०९ साउन – आँखाको नानी बोलको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल विवश चौधरी र प्रमिला अधिकारीको मुख्य भुमिका रहेको आँखाको नानी बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको हो । चर्चित मोडेल प्रमिला अधिकारीको आँखाको नानीमा चर्चित मोडल विवशको मन डुव्दा मोडेल प्रमिलालाई सम्हाल्न गाह्रो भएको कथामा आधारित नेपाली म्युजिक भिडियोमा स्वर विकेश लामाले दिनुभएको छ । चर्चित मोडल विवश र मोडेल प्रमिलाको मुख्य भुमिका रहेको म्युजिक भिडियोको म्यामरा तथा भिडियो इडिटिङ्गमा यम बहादुर थारु (यमु), डाइरेक्सन मोडल विवश कै रहेको छ भने मेकअपमा संजिता सनकुसुम्याले गर्नुभएको छ । आँखाको नानी बोलको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन वाईएस मिडियाले गरेको कलाकार विवश चौधरीले जानकारी दिनुभयो ।

