(Wednesday 28th of October 2026)
`

नृत्य गरेरै क्यारिअर बनाएर स्थापित हुन्छु : डान्सर आकाश ठाकुर

  • सगरमाथा गन्तब्य
  • 24.4K
    SHARES

    नेपालगन्ज ०८ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका डान्सर आकाश ठाकुरको नृत्य मोह उत्कृष्ट बन्दै गएको छ । शिक्षासंगसंगै डान्सर मोह उत्कृष्ट बन्दै गएपछि आकाश चर्चामा आउन सफल भएका छन् । कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत आकाश एक कुशल कलाकार बन्ने बताउँनुहुन्छ । आफुलाई राम्रो नृत्यकारको रुपमा चिनाएर कुशल अभिनयको साथमा सम्पूर्ण नेपाली बीच आफ्नो राम्रो छबि बनाउन चाहने आकाश आफैमा राम्रो कलाकार बन्न चाहनुहुन्छ । आकर्षित मुहार, शरीर तथा हासी रहने शालीन स्वभाबका आकाश सानै उमेरदेखि नृत्यमा त्यतिकै अभिनय गर्ने आफुलाई अब्बल दर्जामा राख्न प्रयासरत रहेको बताउँनुहुन्छ । नृत्य गरेरै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रर्दशन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु डान्सर आकाशले भन्नुभयो ।


    मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ आकाशले भन्नुभयो । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडी बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढ्ने कुरा आकाश बताउँनुहुन्छ । म नेपाली कला जगतमा केही गरेर देखाउन चाहन्छु । आपÞm्नो परिवार अनि समाजको नाम राख्न चाहन्छु । डान्समा राम्रो क्षमता भएका आकाश अवसर पाएका धेरै ठाउँबाट उत्कृष्ट हुन सफल भएको बताउनुहुन्छ । डान्समा केही गर्न चाहन्छु । आपÞm्नो क्षमतामा झन निखारता ल्याउन चाहन्छु आकाशले भन्नुभयो ।


    नेपालगञ्जमा जन्मिएका आकाश १८ वर्षको हुनुहुन्छ । सानैदेखि नेपालगन्ज कारकादो स्थित सगरमाथा ई.मि. हाई स्कुलमा अध्ययनरत आकाश अरुको डान्स हेरेर रमाउने गर्दथे । विद्यालय स्तरबाटै सुरु गरेका आकाश अहिले डान्समा अव्वल मान्निन्छन् । आकाशलाई विद्यालयकै डान्स शिक्षक नवराज सुवेदी गुरुले धेरै मेहनत गरेर सिकाएको गुन कहिल्यै नविर्सने आकाश बताउँछन् । बुबा प्रमोद ठाकुर र आमा रेखा ठाकुरको कोखबाट जन्मेका आकाश नृत्यमा निकै रुचि रहेको बताउँछन् । सानै उमेरदेखि नृत्यमा रुची राख्ने आकाश अहिलेसम्म कुनैपनि डान्स क्लबबाट प्रशिक्षण नलिएको बताउँछन् । सानो हुँदा डान्स शिक्षक नवराज सुवेदीले नृत्य गर्न सिकाउनुभयो । त्यसपछि जे गरें, म आफ्नै मेहनत र प्रयासले गरेको छु आकाशले भन्नुभयो ।

    सगरमाथा इ.मि. हाई स्कुलमा अध्ययरत्त ठाकुर स्कुलकै राम्रो नृत्य गर्ने विद्यार्थीमा पर्छन । स्कुलमा आयोजना हुने कार्यक्रम देखि गाउँघरमा हुने कुनैपनि खालका स्टेज कार्यक्रममा आकाशको प्रस्तुती अनिवार्य हुन्छ । आकाशले धेरै डान्स शोहरुमा सहभागीता जनाएर राम्रो अनुभव संगाल्ने मौका पाएका छन् । पोखरामा आयोजना गरिएको नेपाल एवान स्टारमा टप १८ आंै हुन सफल भए । देशभरका प्रतिस्पर्धीहरुलाई उछिन्दै टप १८ मा पुगे । नेपालगञ्जमै २०१९ मा आयोजना गरिएको नेपालगञ्ज ट्यालेन्ट हन्ट २०१९ मा तेश्रो भए । त्यस अघि नेपालगञ्जमै आयोजना भएको उडान नेपाल कम्पिटीसनमा दोश्रो भए । २०१९ मै आयोजना भएको स्कुल ट्यालेन्ट हन्टमा पनि दोश्रो हुन सफल भए । यो सँगै कयौं स्टेज कार्यक्रममा आकाशलाई अफर आउने गरेको छ । नेपाली कल्चरल नृत्यमा बढी रुचि राख्ने आकाशले सबैखालका नृत्यमा राम्रो दख्खल छवि रहेको छ । हिपपप, मोर्डन कल्चरल देखि क्लासिकल र आधुनिक नृत्यमा आकाशले राम्रै अभ्यास गरेको बताउँछन् । शिक्षासंगै डान्सलाई निरन्तरता दिलाउन सगरमाथा स्कुलका फाउण्डर कृष्णबहादुर जिसीको ठुलो योगदान रहेको आकाश बताउँछन् । उहाँको साथ सहयोगले नै म यो स्थानसम्म आइपुगेको उहाँले बताउनुभयो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology