(Wednesday 28th of October 2026)
`

दुई मुटु एक धड्कन सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 28K
    SHARES

    नेपालगन्ज ०५ असार – दुई मुटु एक धड्कन सर्ट फिल्म शुक्रवार सार्वजनिक भएको छ । कुन्दन चन्द, पुजा ओली, विमल चौधरी र मनिषा हमालद्धारा मुख्य अभिनित रहेको सर्ट फिल्म दुई मुटु एक धड्कन सार्वजनिक भएको हो । शुक्रवार एसके मिडियाको अफिसियल युट्युव च्यालनबाट सार्वजनिक भएको सर्ट फिल्मको पोष्ट प्रोडुसन गोचाली मिडिया प्रा.लि. बर्दियाले गरेको छ । २२ मिनेट ५६ सेकेण्ड लामो उक्त सर्ट फिल्ममा केही धमाकेदार एक्सन सिन देखाइएको छ । सर्ट फिल्ममा कलाकारको रमाइलो केमिस्ट्री सहित एक गहिरो माया पिरतीका कुरा समेत देखाइएको छ ।


    फिल्ममा केही रमाइला र हसाँउने संबाद पनि समाबेश गरिनुका साथ साथै द्धन्द्ध समेत राखिएको छ । दुई मुटु एक धड्कन सर्ट फिल्मको एक्सनमा कुन्दन चन्द, केशव चालिसे र कथा लेखनमा पनि केशव चालिसेको रहेको छ । यस्तै स्पोर्ट म्यानेजमेन्टमा राहुल चौधरी र राज बहादुर शाहीले साथ दिएका छन भने सर्ट फिल्मको गितमा स्वर सिवी विजय अधिकारी र मनिसा राईले गर्नुभएको छ यस्तै म्युजिकमा खेम सारु मगर र सिवि विजय अधिकारीले गर्नुभएको छ । सर्ट फिल्मको प्रोडुसर मातृभुमि अफसेट प्रेस र ललित सापकोटाले गर्नुभएको छ यसको साथसाथै अन्य कलाकारमा राजाराम र नारायणको समेत मुख्य भुमिका रहेको फिल्मको छायाङकन तथा इडिटिङमा सरोज डगौराले गर्नुभएको छ । प्रोडुसरले विशेष धन्यवाद इश्वर रिजाललाई दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology