(Wednesday 28th of October 2026)
`

गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण पुष्टि

  • सगरमाथा गन्तब्य
  • 18.4K
    SHARES

    पोखरा,  गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबार चार जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएकाे छ । संक्रमितहरू बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हाे । जसमा बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

    योसँगै बागलुङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको र दुईजना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएकासँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या १३ र म्याग्दीमा दुई पुगेको छ ।

    गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म तीन हजार ९६६ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३६८ जनामा कोरोना संक्रमण नदेखिएको र ५४१ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology